Sunday, August 21, 2016

थप नाम प्रस्ताव अनुमोदित

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकले विभिन्न समितिमा रहने सांसद सदस्यको नाम थप गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

सो अनुसार केपी शर्मा ओली र भीमबहादुर रावल अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति, कुन्तीकुमारी शाही विधायन समिति, दीपनारायण साह, नरदेवी पुन र दामोदर भण्डारी अर्थ समिति, शान्ता मानवी विकास समिति, सत्यनारायण मण्डल वातावरण समिति, विष्णुप्रसाद पौडेल लेखा समिति र रामकुमार सुब्बा राज्य व्यवस्था समितिमा हुनुहुन्छ ।
सभामुख ओनसरी घर्तीले सदनको आजको बैठकमा सो प्रस्ताव राख्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...