Saturday, August 20, 2016

सप्तरङ्गी तीज विषेश कार्यक्रम सम्पन्न

काठमाडौँ : हिम्सामा परेका महिलाहरुको सहयोगार्थ सप्तरङ्गी स्पा एण्ड थेराइपीले सप्तरङ्गी तीज विषेश कार्यक्रम गरेको छ । विभिन्न सांगीतीक कार्यक्रमका साथ सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व सचिव तथा लोग सेवा आयोको आयुक्त बृन्दा हाडा विषेश अतिथि समाज सेवी महिला उद्यमी अस्मिता सुमार्गी, सुपस्टार भुवन केसी, रुपा राना, दिपाश्री निरौला, सारीका घिमिरे, संचारकर्मी सुर्य चन्द  लगायतका कलाकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न विधामा सकृय ५ जना महिलाहरुलाई सम्मान गरीयो ।

सम्मानित हुनेहरुमा प्रथम मिस नेपाल रुवि राणा, महिला उद्यमी अस्मिता सुमार्गी, पत्रकार गीता अधिकारी र जानुका ढकाल तथा व्यूटिसियन रस्मीला श्रेष्ठ रहेका छन् । कार्यक्रमको आयोजक तथा सप्तरङ्गी स्पा एण्ड थेराइपिकी मेनेजिङ डाइरेक्टर कमला उप्रेतिले सम्पूर्ण महिलाहरु सक्षम भए पनि सक्षमतालाई नबुझेर पछाडि परेको बताइन । रोयल व्याङ्केट तिनकुनेमा सम्पन्न भएको यस कार्यक्रममा प्रमुख अतिथिले महिलाहरु एकैबद्द्ता हुनु र आफ्नु क्षमतालाइृ बुझेर विभिन्न क्षेत्रमा अगाडी बढ्नु राम्रो भएको बताइन् । उक्त कार्यक्रममा गायिका सहिमा श्रेष्ठ ले सबै लाइ नचाएकी थिइन् त्यसै गरि ज्योति मगरले पनि स्टेज ततायेकी थिइन् l यस तिज बिसेष कार्यक्रमको सम्पूर्ण ब्यबस्थापन तथा संयोजक उद्घोषिका तथा संयोजिका रुषा केसीले गरेकी थिइन् भने उनलाई साथ दिनेमा कमल सिटौला र चम्पा नेपल रहेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...