Wednesday, August 10, 2016

जङ्गलमा तीनवटा क्यामेरा फेला

camera-216x160रामपुर (पाल्पा), २७ साउन । साँखर गाविसको सामुदायिक वनमा अज्ञात समूहले राखेका तीनवटा क्यामेरा फेला परेका छन् ।

साँखर–८ मा रहेको सोहर्दी सामुदायिक वनको सालको रुखको हाँगामा बाँधेर राखिएको अवस्थामा क्यामेरा मङ्गलबार फेला परेको हो भने थप दुईवटा क्यामेरा बुधबार फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

दुईवटा क्यामेरा साँखर–८ कै जंगलमा रुखमा भेटिएको हो । पहिलो क्यामेरा भेटिएको स्थानमा क्यामेरा राख्ने क्रममा तीनजनालाई स्थानीयवासीले भेटेको र सोधपुछ गर्दा सिकारका लागि राखिएको बताउँदै कसैलाई खबर नगर्न आग्रह गरेको बताइएको छ ।

प्रहरी चौकी साँखर र इलाका प्रहरी कार्यालय रत्नपुरले सो क्यामेराको थप अनुसन्धान गरिरहेको छ । बरामद गरिएका क्यामेरा अहिले रत्नपुर प्रहरी चौकीमा राखिएको छ । प्रहरीका अनुसार विदेशी क्यामेरा झन्डै रु १० हजार मूल्य बराबरको रहेको छ ।

वन जङ्गलमा क्यामेरा देखेपछि यहाँका स्थानीयवासीलाई घाँस दाउरा गर्न, गाईबाख्रा चराउनका लागि जङ्गलमा जान पनि त्रास बढेको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...