Wednesday, August 17, 2016

‘एएनए’ मा ढुंगाना अध्यक्ष तथा अन्य पदमा हेरफेर

rogerउत्तर अमेरिकाको राष्ट्रिय स्तरको सबै भन्दा पुरानो संस्था दि एसोसिएशन अफ नेप्लिज इन अमेरिकाज (एएनए)को अध्यक्ष पदमा संस्था कै वरिष्ट उपाध्यक्ष शम्भु ढुंगानालाई कार्यकारी समितिले सर्ब सम्मतिले मनोनित गरेको छ l

लामो समय देखि संस्थामा आबद्ध ढुंगाना उक्त पदमा संस्थाका अध्यक्ष रोजर अधिकारीले गत अगस्त १४ तारिखमा कार्यकारी समितिलाई राजिनामा दिए पछि उनि अध्यक्ष पदमा मनोनित भएका हुन् l यसै गरि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका र वर्तमान उपाध्यक्ष खगेन्द्र अधिकारीलाई कार्यकारी समितिले रिक्त रहेको वरिष्ठ उपाध्यक्ष पदमा सर्ब सम्मति बाट चयन गरिएको छ l

यसै गरि एएनए कार्यकारी समितिले बिधान अनुसार र क्यानाडालाई समेत प्रतिनिधित्व गर्ने अभिप्रायले क्यानाडाका क्रियाशील समाज सेवी मित्र काफ्लेलाई उपाध्यक्ष पदमा चयन गरिएको छ l र उनि पनि सर्व सम्मतिले समितिमा राखिएको छ l

एएनए द्वारा गत अगस्त १५ मा जारी गरिएको छापा बिज्ञप्ति अनुसार रोजर अधिकारी निवर्तमान अध्यक्षको साथै एएनएको बोर्ड अफ ट्रस्टी सदस्य भएका छन् । यसै गरि कार्यकारी समितिले बोर्ड श्याम सेढाई लाई कार्यकारी सदस्यमा चयन गरेको छ l

निवर्तमान अध्यक्ष रोजर अधिकारीले आफ्नो कार्यकाल पुरा नगरी राजिनामा दिएका हुन् lअधिकारी भन्छन आफु पदको लागि भन्दा पनि संस्थालाई सहि मार्गमा ल्याउने आफ्नो लक्ष्य रहेकोले अब आफुले संस्थाको हितको लागि दिर्घ कालिन रुपमा काम गर्ने बताए l

FotoFlexer_Photo

नवनिर्वाचित ढुंगानाले आफु संग काम गरेको अनुभव रहेकोले अब हामी सकारात्मक लक्ष्य तर्फ बढ्ने छौ र सबैको साथ चाहिने बताए l वरिष्ट उपाध्यक्ष उपाध्यक्ष खगेन्द्र अधिकारीले यो मेरो लागि ठुलो अवसर भन्दै हिजो के थियो भन्दा पनि अब यस संस्थालाई कसरि दिगो र बलियो बनाउन सकिन्छ त्यसमा आफु लाग्ने बताए l भर्खर एएनएन एटलांटा सम्मेलन सफलता पुर्वक सम्पन्न भएको छ यसको श्रेय निवर्तमान अध्यक्ष रोजर अधिकारीलाई जान्छ अधिकारीले अगाडी भने l आफु सकारात्मक सोच्ने भएकोले एएनए पूर्ण आकारमा आउने कुरामा बिस्वस्त रहेको बताए l

यसै गरि क्यानाडालाई पनि प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेकोमा समितिलाई धन्यबाद दिदै नव निर्वाचित उपाध्यक्ष मित्र काफ्लेले मेरो लागी ठुलो अवसर भएकोले संस्थाको विकासको लागि आफु कहिले पछि नहट्ने बताए l

सन् १९८३ मा स्थापना भएको गैर मुनाफा सामाजिक संस्थाले उत्तर अमेरिकामा निकै महत्वाकांक्षी कामहरु गरि सकेको छ l अमेरिकाको नेपाली समुदायको ईतिहासमा सम्भवत एएनएको पहलमा एएनएको गुरु योजना अन्तर्गत म्यारिल्याण्डमा सबै भन्दा पहिला सामुदायिक केन्द्र स्थापना गर्न सफल भएको छ l

उक्त गुरु योजनालाई डिसी महानगर क्षेत्रका नेपाली समुदायको पहलमा सामुदायिक केन्द्र को साथै पशुपति बुद्ध मन्दिर पनि स्थापना गरेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...