Monday, August 22, 2016

भव्यताका साथ क्यानाडामा पहिलो उत्तरअमेरिकी काव्य संगम सम्पन्न

IMG_4842

सन् २००४ मा स्थापना भएको नेपाली साहित्य समाज, क्यानाडाले टोरोन्टोमा पहिलोपटक आयोजना गरेको उत्तर अमेरिकी काव्य संगम कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।  क्यानाडा र अमेरिकाका काव्यकारहरुको संगम भएको यस कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महामहिम राजदूत कालीप्रसाद पोखरेलले कम्प्युटरबाट राष्ट्रिय गीत बजाएर गर्नु भएको थियो । महामहिम राजदूतले भोलीका सन्नततिमा नेपाली भाषा हस्तान्तरण गर्न यस्ता गोष्ठीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै हामीले यहाँका विद्यालयमा गरिने इन्टरसिप कार्यक्रमलाई नेपालको विद्यालयसंग आवद्ध गराएर दुईतीन महिनाको कार्यक्रम बनाएर आफ्ना सन्तानलाई नेपालमा पठाउने व्यवस्था मिलाउन सके दोस्रो सन्ततिसम्म नेपाली भाषा सुरक्षित रहने र नेपाललाई पनि सहयोग पुग्ने बताउदै  भाषाको निरन्तरताको लागि साहित्य सिर्जना हुँदै जानु पर्ने र यस्ता गोष्ठीको आयोजनाले विचारको आदान प्रदान हुने बताउनु भएको थियो ।

IMG_4871

वहाँले ७० राष्ट्रमा एनआरएन रहेकोबाट ७० मुलुकमा नेपालीहरु पुगीसकेकोले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण भईसकेकोले नेपाली भाषा पढाउने व्यवस्थाले निरन्तरता पाउदै जानु पर्ने बताउनु भयो । दिउसो २ बजेदेखि राती ९ बजेसम्म ३९ कविता, दुईवटा कार्यपत्र, एउटा सांगीतिक प्रस्तुति र केही शुभकामना तथा मनतव्यका साथ सम्पन्न भएको पहिलो काव्य संगममा नेपालबाट भ्रमणमा रहनु भएका विशेष अतिथि प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ समालोचक प्रा. डा. तुलसी भट्टराईले नेपाली भाषाको स्वरुपको बारेमा चर्चा गर्दै नेपालमा १२५ वटा मातृभाषाहरु रहेको र नेपालबाहिर नेपाली भाषा जहाँजहाँ नेपाली पुगेका छन् त्यहाँ त्यहाँ नेपाली साहित्य समाज, क्यानाडा जस्ता संस्थाहरुले यसको संवद्र्धन र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भयो ।

IMG_4857वहाँले आफूले भ्रमण गरेको विभिन्न देशमा रहेका नेपालीहरुको जनसंख्याका बारेमा जानकारी गराउँदै नेपाली साहित्य संस्थाले भाषा र साहित्यलाई निरन्तरता दिन ठूलो भूमिका खेलेको बताउनु भयो । कार्यक्रमको अन्त्यमा बोल्दै वरिष्ठ समालोचक प्रा. डा.भट्टराईले वाचित भएका कवितामा प्रायःले नेपालको अन्ध्यारोपक्षमाथि प्रकाश पारेको र आजको राजनीतिक विसंगतिलाई विषयवस्तु बनाएको भन्दै हामीले हाम्रो कर्मभूमिको बारेमा पनि कविता लेख्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । अर्का अतिथि कुबेतका पूर्व राजदूत तथा वरिष्ठ कथाकार मधुवन पौडेलले नेपाली भाषाले नेपालीहरुलाई जोड्ने काम गरेको र यस्तो गोष्ठीहरुले नयाँ साहित्यकार जन्माउने गरेको र नेपाली साहित्यलाई मलजल पाउदैजाने विश्वास गर्न सकिन्छ भन्नु भयो ।

IMG_4871 IMG_4857 IMG_4856 IMG_4853 IMG_4849 IMG_4842 IMG_4841 IMG_4838 IMG_4835 IMG_4778 IMG_4774

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...