Sunday, August 14, 2016

बझांग बाट काठमाडौँ हुदै अमेरिका भासिएका प्राध्यापक जोशी भन्छन “म मेहनती र गरिब बिद्यार्थीको आँशु झरेको हेर्न सक्दिन “

prof tulashi joshiनेपालको दुर्गममा पनि महा दुर्गम क्षेत्र बझांगमा जन्मिएका प्रा तुलशी जोशी (बिध्या वारिधि )अमेरिका एकादेशमा आएका हुन् l उनले सारै दुख गरेर पढेको कहानी सुनाए l अमेरिका त के ? आफु जन्मेको र हुर्केको गाउँ बझांग बाट काठमाडौँ आउन मात्र १५ दिन सम्म भारतको बाटो हुँदै काठमाडौँ पुगेको रोचक राम कहानी सुनाए l

अति मेहनत संग पढेर अमेरिका आउने भाग्यशाली मध्येका एक होनहार बिद्यार्थी हुन् ,यिनै तुलसी जोशी l उनि भन्छन ,हामी आएको समयमा अमेरिकामा उनको अनुमानमा केवल १० /१२ जना मात्र नेपालीहरुको संख्या भएको बताए l त्यो संख्या पढ्न आएको बिद्यार्थी मात्र थियो उनले बताए l वाशिंगटन डिसी स्थित राष्ट्रपति भवन व्हाइट हाउस अगाडी दिउसै श्याल कराउने अवस्थामा उनि अमेरिका आएको बुझियो l उनि भन्छन अहिलेको भर्जिनियाको चर्चित शहर टाइसन कर्नर भन्ने स्थान जंगल जस्तो देखेको हल्का स्मरण रहेको बताए l

tulasi joshi९० को दशक पछि नेपाली समुदायहरु अमेरिका आउने क्रम बिज गणतीय रुपमा वृद्धि भएको जग जाहेर छ तर उनि सन् १९६४ मा अमेरिका आएका हुन् l यति अगाडी नेपालीहरु आउने मध्येका एक बझांगे युवा तुलशी जोशी अमेरिकामा आएर सबै शिक्षा हासिल गरेर बिद्या वारिधि गरेर गत साल २०१५ मा आफुले पढाउने विश्व बिद्यालयमा अवकास प्राप्त गरेका छन् l

प्रा जोशी अमेरिकाको वेस्ट भर्जिनियाको फेयर मन्टमा स्थाई बसोबास गर्छन l सुदुर पश्चिम बझांगमा पढाई सुरु गरि त्रिभुवन विश्व बिद्यालय ,अमेरिकाको युनिभर्सिटी अफ पित्ट्सवर्ग तथा युनिभर्सिटी अफ हवाईमा भूगोलमा अध्ययन सकी वेस्ट भर्जिनिया स्थित फेयर माउन्ट स्टेट युनिभर्सिटीमा ४० बर्ष भन्दा बढी समय अध्यापन गराई अवकास प्राप्त गरेका प्राध्यापक हुन् l तर अहिले पनि उनले उक्त विश्व बिद्यालयमा अंशकालिक प्राध्यापकको रुपमा अध्यापन गराई रहेका छन् l

tulsi joshi 1नेपाली बिद्यार्थीले अमेरिकामा पढ्न पाउन भन्ने हेतुले आफुले पढाउने विश्व बिद्यालयमा झन्डै ३ दर्जन भन्दा ज्यादा नेपाली बिद्यार्थीलाई पढाउने चाजो छात्रवृति बाट मिलाएको बताए l प्रा जोशीले अगाडी भने मैले आफ्नो नाममा पनि छात्रवृति स्थापना गरेको बताए l

आफु दुर्गम स्थान बाट अमेरिकामा आएर संघर्ष गर्दै यो अवस्थामा आफु पुगेकोले दुर्गम स्थानका ,ईमान्दार ,मेहनती र गरिब बिद्यार्थीले उच्च शिक्षा हासिल गरुन भन्ने हेतुले उनीहरुलाई मौका दिने पहल गरेको बताए l

यस्ता बिद्यार्थीको चाहना हुँदा हुदै अमेरिका जस्तो देशमा पढ्न नपाउदा आँशु झर्ने गर्छ l बिद्यार्थीको यस्तो अवस्था हेर्न सक्दिन भन्दै सक्ने सहयोग गर्ने बताए l उनि भूगोल शास्त्रका प्राध्यापक हुन् l शैक्षिक ,सैद्धान्तिक तथा सामाजिक क्षेत्रमा उनले गरेको अतुलनीय योगदानको कारण उनि पटक पटक नेपाल र अमेरिकामा सम्मानित भएका छन् l

books joshiगत बर्ष २०१५ मा सिकागोमा दि एसोसिएसन अफ अमेरिकन जियोग्राफ़रले उनलाई सम्मान गर्यो l जुन पुरस्कार विश्व भरका भूगोलवेत्ताहरुलाई सम्मान गर्ने गर्छ भने उनि भन्छन वेस्ट भर्जिनियाबाट यस्तो सम्मान पाउने सम्भवत आफु रहेको उनले बताए l

अमेरिकाको राज्यले दिने मान्यता र पुरस्कार प्रतिस्प्रद्धामा प्रा डा जोशीले साइरस आरभ्यांस अवार्ड फर इन्टर नेसनल शिक्षा २००३ मा पुरस्कार सहित नगद ५ हजार पनि प्राप्त गरेका छन् l अमेरिकामा उक्त पुरस्कार पाउने उनि नेपाली मुलका पहिला व्यक्ति हुन् l प्राप्त गरेको उक्त रकमले नेपाली बिद्यार्थीलाई फेयर माउन्ट स्टेट विश्व बिद्यालयमा नेपाली बिद्यार्थीको लागि स्थापित छात्रवृतिको लागि आर्थिक दान दिएको बताए l

tulshiउक्त पुरस्कार पाए पछि फेयर माउन्ट स्टेट युनिभर्सिटीमा उनको प्लाग बनाएर भवनमा राखेको छ र यस्तो सम्मान सम्भवत कम व्यक्तिहरुले अवसर पाउने गरेका छन् l यसको साथै सरकारले पनि डा जोशीलाई उत्कृष्ट काम गरे वापत सम्मान गरेको थियो l

डा जोशीले ४० बर्षको अध्यापन अवधिमा झन्डै १० हजार भन्दा बेसी भूगोलका बिद्यार्थीलाई पढाएकोमा उक्त सम्मान गरेको थियो l उनले राजा स्व महेन्द्र बाट शैक्षिक विशिष्टताको स्वर्ण पदक प्राप्त गरेका छन् भने अमेरिकामा गभर्नर बाट पनि मान्यता प्राप्त गरेका छन् l

tulashi joshi 1प्रा जोशी भन्छन आफु अहिले अवकास प्राप्त भए पनि नेपालको छात्रवृतिको लागि आफु निरन्तर लागि रहेको बताए l समाज सेवा गर्नु र आर्थिक दान गर्न उनि निकै अगाडी छन l उनले भने आफु वेस्ट भर्जिनियाको फेयर मन्टको स्थाई बासिन्दा भएकोले आफुले आर्थिक सहयोग गरि रहने बताए l आफुले वेस्ट भर्जिनियाको घरबार बिहिनलाई १० हजार डलर दिएकोमा आफुलाई सन्तोष लागेको बताए l

यसै गरि फेयर मन्टमा रहेको गैर सामाजिक संस्था संग मिलेर नेपालको लागि छात्रवृतिको लागि झन्डै ४० हजार डलर भन्दा ज्यादा आफुले लगानी गरेको बताए l यति मात्र नभएर पाठशालामा बिद्यार्थीहरुलाई अभिरुचि अनुसारको पढ्ने पुस्तकहरु समेत दिलाई दिएको बताए l

FotoFlexer_Photo

उमेरमा एक पटक पढ्दा स्मरण गर्न सक्ने डा तुलशी जोशीले भने बझांगमा चार कक्षामा अध्ययन गर्दा २/३ कक्षा र आफु ८ कक्षामा अध्ययन गर्दा ६ कक्षाका बिद्यार्थीलाई समेत पढाएको कहानी सुनाए l बझांगमा राति पढ्नलाई सल्लो बालेर समेत पढ्नु परेको बाध्यता थियो उनले भने l

तर आज आएर आफु बिश्व कै धनि तथा सबै सुबिधा प्राप्त मुलुकमा आएर पढेर ,पढाएर अवकास समेत लिई सकेको भन्दै जीवन कति चाडो बित्यो भन्दै समाज सेवा र नेपालको लागि छात्रवृतिमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जाहेर गरे l

award

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...