Wednesday, August 3, 2016

हङकङको राष्ट्रिय स्तरको टाइकण्डो ब्लैक बेल्ट कम्पिटिसनमा नेपालि युबाले फस्ट रन्नर अपको उपाधि जित्न सफल |  

 

IMG_8165

हङकङ जुलाई ३१,  स्थानीय हङकङ साम्सुइपोको पेइ होई स्ट्रीट स्पोर्ट सेन्टरमा हङकङ टाइकण्डो असोसिएसन नेसनल ब्लैक बेल्ट कम्पिटिसनमा नेपाली युवा बिदिप पालुङवाले फस्ट रनरअपको उपाधि जित्न सफल भएको छ |

सो स्पोर्ट सेन्टरमा हङकङ टाइकण्डो असोसिएसन नेसनलका आबद्ध क्लबहरु, ब्लैक बेल्ट खेलाडी तथा बृहत दर्सकरुको उपस्थिति रहेको उक्त कम्पिटिसनमा फाइनल चरणको छ जना प्रतिस्पर्धीलाई पछि पार्दै “एभ्रेष्ट टाइकण्डो एकेडेमी” हङकङका पालुङवाले फस्ट रनरअपको उपाधि चुम्न सफल भएका हुन | ७८ के. जी. तौल समुहको फस्ट रनरअप भएका ब्लैक बेल्ट पालुङवालाई  मेडल, ट्रफी र उपाधि हङकङ टाइकण्डो असोसिएसनका प्रमुखले प्रदान गर्नुभएको थियो | फस्ट रनरअप बनेपछि पालुङवाले हङकङमा भएको राष्ट्रीय स्तरको प्रतियोगितामा आफ्नो सुरुवाती जस्तो मात्र लागेको सुनाए | यो सम्म आउन आफ्नो अथक प्रयास र परीवारको सहयोग त छदैछ |

IMG_8147

मुख्य प्रेणाको स्रोत भने “एभ्रेष्ट टाइकण्डो एकेडेमी” हङकङका मास्टर चिफ इन्स्ट्रक्टर रबिन कुमार नाल्बो साथै आफ्ना प्रिय कोच तथा रेफ्रीहरु दिल प्रसाद लिम्बु, मिलन राइ, सुबित सम्बाहाम्फे, रन बहादुर लिम्बु र केसब तुम्बाहम्फेलाई दिन चाहे | अन्त्यमा वहाले बिट मार्दै भने हङकङमा “एभ्रेष्ट टाइकण्डो एकेडेमी” क्लब नभएको भए सायद म यो ठाउमा आइपुग्ने थिईन होला |

स्मरण रहोस: तन्दुरुस्ती, शारीरिक ब्यायम, अनुशासन, स्वाभिमान, आत्मारक्षा आदि कुशल परिश्रमी खेलाडीहरुको निम्ति ई. स. २००७ सालमा स्थापित “एभ्रेष्ट टाइकण्डो एकेडेमी” हङकङमा अन्तराष्ट्रिय स्तरमा गोल्डमेडल जित्न सफल क्लब भनि लोकप्रिय मानिन्छ | जसको छ जना कोच चार जना रेफ्री रहेको उक्त क्लबमा विध्यार्थी संख्या मात्र हजार ज्यादा छ |

IMG_8161 IMG_8166

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...