मलेखु (धादिङ), २१ साउन । अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योगका साना फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत् धमाधम काटिएको छ ।
घरायसी प्रयोजन भनेर विद्युत् लाइन जडान गर्ने र उद्योगमा बालुवा धुने यन्त्र प्रयोग गरेको व्यापक जनगुनासोपछि एक सातादेखि विद्युत् लाइन काटिँदैछ ।
धादिङको बैरेनी गाविसमा २५ सञ्चालकबाट ४१ , पिडा गाविसमा २३ सञ्चालकबाट ४० र गजुरी गाविसमा पाँच सञ्चालकवबाट छ गरी ४३ सञ्चालकले एक सय २४ फिरफिरे गाविसमा दर्ता भएर सञ्चालनमा आएका छन् । गाविसमा समेत दर्ता नभएका फिरफिरेको सङ्ख्या यकिन नभए पनि ५० भन्दा धेरै रहेको गाविसले जनाएका छन् ।
उद्योग कानुनी दायरामा आए पनि अधिकांश बालुवा धुने फिरफिरेमा जडान गरिएको विद्युत् लाइन भने गलत ढङ्गबाट प्रयोग गरिएको भन्दै नेपाल विद्युत् प्राधिकरण गजुरी प्रशाखाले ५० भन्दा बढीको लाइन काटिसकेको छ ।
उद्योगका रुपमा दर्ता भएको व्यवसायले औद्योगिक लाइन जडान नगरी कतिपयले व्यक्तिका नाममा घरायसी प्रयोजनका लागि तथा कतिले कुटानीपिसानी मिल चलाउनका लागि भन्दै लाइन लिएर बालुवा धुने यन्त्र चलाउंँदै आएका छन् । जिल्लामा सञ्चालित अधिकांश फिरफिरे उद्योगका रुपमा स्थानीय गाविस, जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय लर कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भए पनि व्यवसाय सञ्चालन गर्नका लागि भने विद्युत् लाइन जडान गर्नेको सङ्ख्या २० मात्र रहेको प्राधिकरणले जनाएको छ ।
बैरेनी गाविसभित्रका ४० उद्योगमा जोडिएको लाइनको अनुगमन गर्दा पाँच वटाले मात्र सम्बन्धित व्यवसायका लागि भनेर लाइन जडान गरेको पाइएपछि बाँकी सबैको लाइन काटिदिइएको प्राधिकरणले जनाएको छ ।
राजमार्ग, नदी, मठमन्दिर, विद्यालय तथा स्वास्थ्य संस्थाको ५०० मि पर राखेर मात्र बालुवा प्रशोधन गर्ने फिरफिरे सञ्चालन गर्नुपर्ने नियम भए पनि यहाँका अधिकांश उद्योग कानुनी मान्यता विपरीत सञ्चालन हुंँदै आइरहेको जनगुनासो छ ।
Friday, August 5, 2016
अवैध सञ्चालित बालुवा धुने यन्त्रको विद्युत् कटौती
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment