काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य प्रभु साहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुदारवादी नेता रहेको आरोप लगाएका छन् ।
नेपालवाणी रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता साहले प्रचण्डले पार्टीभित्र ब्राम्हणवादी चरित्र देखाएको बताए । ‘प्रचण्डजी अनुदारवादी नेताका रुपमा देखिनु भएका छन्’, उहाँले भन्नुभयो, ‘मन्त्रिमण्डल विस्तारले प्रचण्ड ब्राम्हणवादतिर गएका छन् । त्यही देखाएको छ ।’
माओवादी केन्द्रका नेता साहले प्रचण्डले मन्त्रिमण्डलमा एक जना मधेसीलाई शो पिसका लागि मात्रै मन्त्री बनाइएको दाबी गर्नुभयो ।’ उहाँले भन्नुभयो, ‘महिला, मधेसी, जनजाति समुदायको मागका विषयमा प्रचण्ड अनुदार छन् । हाम्रो पार्टीले मधेसी, जनजाति, महिलालाई विश्वास गरेन । यो शुभ संकेत होइन ।’
आफूले स्थानीय विकास मन्त्रीको जिम्मेवारी माग गरेको बताउनुभएका साहले भन्नुभयो, ‘पार्टीभित्र रहेका प्रतिभाशाली मधेसी नेताहरू उपेक्षा गरियो । अजय शंकर नायकलाई मन्त्री मात्रै बनाइयो । उहाँलाई कानुन नभइ अरु राम्रा मन्त्रालय दिएको भए म खुसी हुन्थे ।’
No comments:
Post a Comment