नेपाली समुदायलाई लक्षित गरी सेन्टिलीस्थित राजधानी मन्दिरले भजन किर्तन आरती तथा प्रसाद ग्रहण कार्यक्रमको आयोजना गर्यो ।
प्रत्येक महिनाको अन्तिम आईतबार दिउसो आयोजना गरिने भजन , किर्तन , आरती तथा प्रसाद ग्रहण कार्यक्रम जुन महिनादेखि शुरु भएको र यो निरन्तर संचालन हुने पंडित मोतिलाल रिजालले जानकारी दिनु भयो । उहाँले भर्जिनिया डिसी मेरिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी यो कार्यक्रम शुरु गरिएको जानकारी दिनु भयो । भजनमा पंडित मुरारी नराल, दुर्गा खरेल, राजन अधिकारीलगायतका कलाकारहरुको प्रस्तुती रहने गरेको छ । यसमा स्थानीय कलाकारहरुलाई सहभागी भएर आफ्नो प्रतिभा प्रस्तुत गर्न मन्दिरले आव्हान पनि गरेको पंडित रिजालको भनाई थियो ।
मन्दिरले नेपाली संस्कृतिमा लोकप्रिय पर्वहरु हरितालिका तीज, स्वस्थानी वर्त सांगे,नयाँ बर्ष बैशाख १ गते र बुद्ध पुर्णिमामा बिशेष पूजा अर्चना गर्न शुरु गरेको छ ।
No comments:
Post a Comment