Tuesday, August 2, 2016

हङकङको राष्ट्रिय स्तरको टाइकण्डो ब्लैक बेल्ट कम्पिटिसनमा नेपालि युबा बिदिप पालुङवाङ फस्ट रान्नर अप उपाधि जित्न सफल |

हङकङ जुलाई ३१, स्थानीय हङकङ साम्सुइपोको पेइ होई स्ट्रीट स्पोर्ट सेन्टरमा हङकङ टाइकण्डो असोसिएसन नेसनल ब्लैक बेल्ट कम्पिटिसनमा नेपाली युवा बिदिप पालुङवा फस्ट रनरअपको उपाधि जित्न सफल भएको छ |

सो स्पोर्ट सेन्टरमा हङकङ टाइकण्डो असोसिएसन नेसनलका आबद्ध क्लबहरु, ब्लैक बेल्ट खेलाडी तथा बृहत दर्सकरुको उपस्थिति रहेको उक्त कम्पिटिसनमा फाइनल चरणको 4 जना प्प्रतिस्पर्धीलाइ पछि पार्दै “एभ्रेष्ट टाइकण्डो एकेडेमी” हङकङका पालुङवाले फस्ट रनरअपको उपाधि चुम्न सफल भएका हुन | ७८ के. जी. तौल समुहको फस्ट रनरअप भएका ब्लैक बेल्ट पालुङवालाई मेडल, ट्रफी र उपाधि हङकङ टाइकण्डो असोसिएसन प्रमुखले प्रदान गर्नुभएको थियो | फस्ट रनरअप बनेपछि पालुङवालाइ हङकङमा भएको राष्ट्रीय स्तरको प्रतियोगितामा आफ्नो सुरुवाती जस्तो मात्र लागेको सुनाए | यो सम्म आउन आफ्नो अथक प्रयास र परिवारको सहयोग त छदैछ | मुख्य प्रेणाको स्रोत भने एभ्रेष्ट टाइकण्डो एकेडेमी” हङकङका मास्टर चिफ इन्स्ट्रक्टर रबिन कुमार नाल्बो साथै आफ्ना प्रिय कोच तथा रेफ्रीहरु दिल प्रसाद लिम्बु, मिलन राइ, सुबित सम्बाहाम्फे, रन बहादुर लिम्बु र केसब तुम्बाहम्फेलाई दिन चाहे | अन्त्यमा वहाले बिट मार्दै भने “एभ्रेष्ट टाइकण्डो एकेडेमी” हङकङमा नभएको भए सायद म यो ठाउमा आइपुग्ने थिईन होला |

स्मरण रहोस: तन्दुरुस्ती, शारीरिक ब्यायम, अनुशासन, स्वाभिमान, आत्मारक्षा आदि कुशल परिश्रमी खेलाडीहरुको निम्ति ई. स. २००७ सालमा स्थापित “एभ्रेष्ट टाइकण्डो एकेडेमी” हङकङमा अन्तराष्ट्रिय स्तरमा गोल्डमेडल जित्न सफल क्लब भनि लोकप्रिय मानिन्छ | जसको छ जना कोच चार जना रेफ्री रहेको उक्त क्लबमा विध्यार्थी संख्या मात्र हजार ज्यादा छ |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...