Saturday, August 20, 2016

गोसाइँकुण्ड मेला सम्पन्न ,दश हजार भक्तजन आए

shivaरसुवा, ४ भदौ । जनैपूर्णिमा पर्वका अवसरमा लागेको गोसाइँकुण्ड मेला सम्पन्न भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीत डिएमका अनुसार आज बिहानसम्ममा सबै यात्रु आफ्नो गन्तव्यतर्फ सकुशल फर्किसकेका छन् । यस वर्षको पर्वमा करिब १० हजार भक्तजन आएको अनुमान गरिएको छ ।

गोसाइँकुण्ड दर्शन गर्न आएका यात्रुमध्ये दुई हजार ७०० जनालाई लेक लाग्ने समस्या आएको र जिल्ला स्वास्थ्य कार्यालय नेपाली सेना, नारायण दलगण, हिमालय उद्धार सङ्घ र साइबाबा हस्पिटलसमेतको चिकित्सक टोलीले प्राथमिक उपचार गरेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

गोसाइँकुण्डमा सुरक्षा प्रदान गर्न गएका नेपाल प्रहरीका एक हवल्दार एवम् एक यात्रु भने लेक लाग्ने समस्याले जटिल बिरामी भएका कारण एम्बुलेन्सद्वारा काठमाडौँ पठाइएको र उनीहरुको उपचार काठमाडौँका अस्पतालमा भइरहेको जानकारी दिँदै जिप्रका प्रमुख फणीन्द्र प्रसाईंले आफ्नो युनिटको प्रहरी हवल्दारलाई सघन उपचार कक्षमा राखिएको जानकारी दिनुभयो ।

यस वर्षको पर्वमा पानी नपरेका कारण यात्रा गर्न अत्यन्तै सहज भए पनि खाने, बस्नका लागि गोसाइँकुण्ड, चन्दनबारी र लौरीबिनायक क्षेत्रका होटल व्यवसायी र धुन्चे–काठमाडौँ यात्रु ओसारपसार गर्ने सवारी चालक एवम् व्यवसायीले अत्यन्तै महँगो शुल्क असुलेको भन्दै यात्रुले गुनासो गरेका थिए ।

यस्तै भक्तजनद्वारा गोसाइँकुण्डमा चढाइएको भेटी रकम धुन्चेस्थित प्रहरी परिसरमा गणनाकार्य सुरु भएको छ । सो भेटी नेपाल प्रहरीको कडा सुरक्षाकासाथ शुक्रबार साँझ धुन्चे पु¥याइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...