Monday, August 15, 2016

नेविसङ्घको विवाद मिल्यो, बुधबार मतदान हुने

nsuकाठमाडौँ, ३१ साउन । नेपाल विद्यार्थी सङ्घको ११आँै महाधिवेशनको प्रतिनिधिका बारेको विवाद मिलेको छ ।
फर्जी प्रतिनिधि खारेज गर्ने विषयमा सहमति भएपछि विवाद मिलेको नेविसङ्घका प्रवक्ता युपी लामिछाने जानकारी गराउनुभयो । नेताहरुले महाधिवेशनमा फर्जी प्रतिनिधि रहेको भनी असहमति जनाइएको थियो ।लामिछानेका अनुसार विवाद मिलेपछि रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।

अब मङ्गलबार गर्ने भनिएको मतदान बुधबार हुने र उम्मेदवारको मनोनयनको समय थप गरिएको छ । उहाँका अनुसार उम्मेदवारको मनोनयन मङ्गलबार बिहान ११ बजेसम्म राखिएको छ । यही साउन २३ गते भृकुटीमण्डपमा उद्घाटनपछि महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...