आगामी अगस्त २८ तारिख डिसीमा हुने टकमांडू को प्रस्तुतिको लागि टकमांडू टोलि निकै मेहनत गरि कार्यक्रमलाई सफल बनाउन अहोरात्र काम गरि रहेका छन् l जति सक्दो ज्यादा सहभागी हुन् भन्नको लागि समुहले सबै नेपाली समुदाय संग आग्रह समेत गरेको छ l
डिसी महानगर क्षेत्रमा बिभिन्न पेशामा संलग्न रहेका ,चिकित्सक ,बैज्ञानिक ,अनूसन्धनकर्ता तथा अन्य पेशामा उच्च तहमा रहेका नेपाली मूलका युवाहरुको पहलमा हुन् लागेको हो l युवाहरुको संलग्नता रहेको टकमांडू टोलिले नेपाल र नेपालीहरुको हितको लागि बिशेष कार्यक्रम निर्माण गर्ने भएका छन् l
समुहका केहि सदस्यले आफुहरु बिभिन्न पेशामा संलग्नता भएता पनि राम्रो कारणको लागि नेपाली समुदायको लागि काम गर्ने बताएका छन् l गत जुलाई ३१ तारिख टकमांडू टोलि द्वारा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो l उक्त कार्यक्रममा टकमांडू संग आबद्ध युवाहरुले पत्रकारलाई यसको उदेस्य ,भावीयोजना ,भाबी कार्यक्रम बारेमा जानकारी गराएका थिए l
नेपलिज प्रोफेसनल मिट अप नामक कार्यक्रममा अमेरिकामा रहेका बिभिन्न व्यवसायमा रहेका प्रख्यात बिज्ञ तथा बिशेष व्यक्तिहरुलाई भेटघाट को साथै सहभागीले निकै अवसर पाउने टकमांडू समुहका युवाहरुले बताए l
अगस्त २८ तारिख मा हुने कार्यक्रममा प्रशिद्ध बिशिष्ठ व्यक्तित्वहरुका सफलताका उत्प्रेरणा दायक वृतान्त ,जीवनी तथा कथाहरु समेत सुन्न पाईने भएको छ lप्रथम कार्यक्रममा अमेरिकाको लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ),संचारकर्मी नारायण श्रेष्ठ ,उधमी तथा लेखक कर्ण शाक्य ,व्यवसायी सिजन श्रेष्ठ ,अधिवक्ता बन्दिता दाहाल शर्मा ,चिकित्सक डा मदन उप्रेती ,डा संजिवन गौतम अन्य बिशेष व्यक्तित्वहरु संग भेटघाट तथा अन्तरक्रिया गराइने छ l
सहभागीता निशुल्क हुने छ भने यसको लागि दर्ता पनि अग्रिम गर्न सकिने टकमांडूका पुष्कर प्रजापतिले बताए l
No comments:
Post a Comment