सिङ्गापूर , । सिङ्गापूरमा शान्ति र अध्यात्मका विविध रोचक कार्यक्रम गरिएका छन्। योग ,अध्यात्म र शान्ति प्रवर्तक भीमसेन सापकोटा (आचार्य राजन )ले सिङ्गापूरको विभिन्न स्थानमा नेपाली तथा गैर नेपाली समुदायका लागि सो शिविर सन्चालन गर्नु भएको हो ।
सकारात्मक सोच बढाउने योग , भावातित ध्यान, कुण्डलिनि जागरण लगायतका सधाना शिविरमा भाग लीई नेपाली समुदाय लाभान्वित बनेको छ । नेपाली समाज सिङापूरका अनुसार सिङ्गापूरको अल्वर्ट स्ट्रीट स्थित पार्क होटलमा , सो कार्यक्रम सम्पन्न भएको हो ।सहभागीहरूले जीवन सकारात्मक रुपले जिउन प्रकृतिसँग नजिक रहेर कसरी दिनचार्या विताउने , आयुर्वेद अनुसार का खानाहरू , रोग अनुसारका विभिन्न योग आसनहरू , हांस्य योग चिकित्साका बारेमा सामुहिक अभ्यास गरेको थियो । सिङ्गापूरमा गरिएको यो शिविर अत्यन्त रोचक र हामीले खोजे अनुसारकै भएको नेपाली समाजका तर्फबाट सुदिप बानियां प्रतिकृया दिनुहुन्छ ।
“गुरू ले जुन सिकाउनु भयो त्यो विश्व मानव समुदायका लागि अती आवश्यक भएको र यसलाई विश्वका अनएे क्षेत्रमा पनि यसरि नै गरिनु पर्ने घनश्याम अर्यालको भनाई छ । सो अध्यात्मिक जागरण शिविरमा स्कुले विध्यार्थी देखि ,विभिन्न ब्यवसायका व्यक्तिहरूको चासो पुर्वक सहभागीता रहेको शुभद्रा गिरि बताउनु हुन्छ ।
यसैगरि बहुरास्ट्रिय समुदाय विच सिङ्गापुरकै लेवेण्डरमा , स्थानीय सिङापुरवासि विच चाइना टाउनमा र भारतीय तथा श्रीलङ्कन समुदाय विच ‘लिटल इन्डिया ‘सिटी स्क्यायर’मा विभिन्न उत्प्रेरणका कार्यशाला , ‘द माईण्ड पावर सोसाईटी’ का विभिन्न अध्यात्मिक जागरण कार्यक्रम सम्पन्न गरिएको छ ।
सकारात्मक जीवन र शान्ति प्रवर्द्दन गर्दै हिंड्नु भएका आचार्य राजनले सिङापुरमा अध्यात्मिक जागरणको तरङ्ग ल्याउनु भएको र ‘मृत्यु पछी स्वर्ग पाईन्छ भनेर बस्ने हैन यहि जीवनमा स्वर्गको अनुभुत गर्न सकिन्छ ‘भन्ने नविन चिन्तन प्रभाह भएको भारतीय योग शिक्षीका मोनिका बताउंछिन्। जीवन देखि निरास भएका, रोगले पिल्सिएका , ब्यस्तताले अाफै विच असन्तुस्ट रहेका , आत्म ज्ञानको खोजिमा अध्यात्मको सहाराले कसरी सफल हुन सकिन्छ भन्ने जीवन कला को सो अवसरमा अभ्यास गरिएको थियो । अद्यात्म प्रवर्त्तक तथा उत्प्रेरक वक्ता आचार्य राजन शर्मा नेपाल – फिजि सांन्सकृतिक राजदुत समेत हुनुहुन्छ ।
अस्ट्रेलिया निवासि गुरु आचार्यले ३ महिना अघि भारतमा दैनिक एक लाख मानिस विच ९ दिने ऐतिहासिक प्रवचन गरेर भारतीयहरूविच शान्ति प्रवर्द्दन गर्नु भएको थियो । उहांको आगामी दिनमा युरोपको शहर क्रोएसिया स्थित जग्रेभमा समेत यस्ता कार्यक्रम हुने तय गरिएका छन्न।
-जे देखिन्छ ति घटनाहरूमा के के राम्रा कुरा लुकेका छन्न त्यसको खोजी गर्ने
-म यो संसारको आस्थायी जीवन बांचिउरहेको छु भन्ने भावना हरेक काम गर्दा मनमा राख्ने
-जो भेटिन्छ त्यो व्यक्ति सँगको भेट अन्तिम पनि हुन सक्छ भन्दै उसलाई राम्रो व्यवहार गर्ने
-विहान उठे देखि नसुते सम्मका हरेक घटनाको आफु साक्षि र कर्ता मात्रा भएको भावना बिकास गर्ने
-हरेक दिन आफ्नो शरिरअनुसार योग , ध्यान , र साधना मा जुट्नु पर्ने
-हरेक समस्या आउंदा ‘यो पनि टरेर जान्छ ‘ भन्ने भावना सँग जोडीरहने
-विचार नबदले सम्म संसार जति बदलिए पनि शान्ति आउंदैन
लगायतका थुप्रै जीवनका सुत्रहरू सो अवसरमा योगगुरू आचार्य ले प्रस्तुत गर्दा सहभागीहरू रुचीपुर्वक अभ्यास गरिरहेका थिए ।
तस्विर सौजन्य : हाना ।
No comments:
Post a Comment