Wednesday, August 17, 2016

माग पुरा नभएसम्म सरकारमा जाँदैनौँ : नेता महतो

rajendra-mahato-358x300राजविराज, २ भदौ । सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म सरकारमा नजाने सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले बताउनुभएको छ ।

तेस्रो मधेस आन्दोलनका क्रममा एक वर्षअगाडि सप्तरीको भारदहमा मृत्यु भएका राजीव राउतसहित छजनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै महतोले यस्तो कुरा बताउनुभएको हो ।

मधेसी मोर्चा सप्तरीले बुधबार भारदहमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै नेता महतोले आफूहरुको माग सम्बोधन भएमात्र सरकारमा जान सकिने उहाँले बताउनुभयो ।

साथै, आन्दोलनका क्रममा सप्तरीमा सहादत प्राप्त गरेका छजनाका पत्नीलाई दोसल्ला ओढाई सम्मानसमेत गर्नुभएको थियो । कार्यक्रम मोर्चाको क्षेत्र नं २ का कुन्दनकुमार मण्डलको अध्यक्षतामा भएको थियो ।

यसैबीच, तेस्रो मधेस आन्दोलनमा सर्वप्रथम मृत्यु भएका राजीव राउतलगायतको सम्झनामा सप्ताहा कार्यक्रमअन्तर्गत बुधबार पहिलो दिन जिल्लाका विभिन्न स्थानमा द्वीप प्रज्वलन गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...