Thursday, August 4, 2016

इटालीमा नेपाली चित्रकलाको प्रदर्शनी हुने

img_9298-300x223काठमाडौँ, २० साउन । समसामयिक नेपाली चित्रकलाको प्रदर्शनीका लागि १४० जना कलाकार इटाली जाने भएका छन् ।

इटालीस्थित ‘इमागो मुन्डी’ नामक संस्थाको आयोजनामा विभिन्न देशका चित्रकलाको प्रदर्शनी तथा सङ्ग्रहालय स्थापना हुन लागेको हो । सोही कार्यक्रमका लागि सिद्धार्थ आर्ट ग्यालरीको नेतृत्वमा नेपाली कलाकार इटाली जान लागेका हुन् ।

नेपाली कलामा देखिएका प्रवृत्तिलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको कार्यक्रमका क्युरेटर जेनिफर कार्च भेर्जेले बताउनुभयो । नेपालमा रहनुभएका क्युरेटर भेर्जेले यो कार्यक्रम भौगोलिक परिवेशलाई समेत कलाकारले आफ्ना कलामार्फत चिनाउने अवसर रहेको बताउनुभयो ।

उहाँले इमागो मुन्डीको उद्देश्य विश्वका विभिन्न देशका कलाकारबाट कलाकृति सङ्कलन गरी पहिलो कला भूगोलको सिर्जना गर्नु रहेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...