Thursday, August 25, 2016

दुई हजार १२० लिटर घरेलु मदिरा नष्ट

alcohalललितपुर, ९ भदौ । कार्यविनायक नगरपालिका–२ फूलबारी मार्गस्थित सयपत्रीटोलमा आज बिहान प्रहरीले दुई हजार १२० लिटर अवैधरुपले बनाइएको घरेलु मदिरा नष्ट गरेको छ ।

महानगरीय प्रहरी परिसरबाट गएको टोलीले घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत नियन्त्रणमा लिएर स्थानीयवासीको रोहबरमा नष्ट पारेको परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।

मदिरा बनाउन प्रयोगमा ल्याइएका १५वटा ठूलो ड्रम र सातवटा सानो ड्रम सहित सिलाभर तथा प्लास्टिकको पनि नष्ट गरिएको जनाइएको छ ।

मदिरा बनाउनकै लागि राखिएका २० किलोग्राम चिनी तथा १० किलोग्राम चामलको कनिका बरामद गरिएको र मदिरा बनाउन संलग्न व्यक्तिको खोजी भइरहेको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...