Thursday, August 25, 2016

सबै धर्म र संस्कृतिको सम्मान गर्नुपर्छ : नेता कोइराला

Shekhar-Koirala-1काठमाडौँ, ९ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सबै धर्म र संस्कृतिको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज धापासी फ्रेन्डसिप क्लबले धापासी कृष्णमन्दिरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले संविधानमा व्याख्या भएको धर्मनिरपेक्षता शब्दले ‘सर्व धर्म सव भाव’लाई व्याख्या गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “सबै जनताले कसैको करकापमा नपरी आफूलाई मन परेको धर्म र संस्कृति मान्न पाउँछन् ।”

नेता कोइरालाले आयोगले अगाडि सारेको ५६५ स्थानीय तहको संरचना अव्यावहारिक रहेको भन्दै कार्यान्वयनमा आउन नसक्ने दाबी गर्नुभयो । उहाँले इलाका संरचनालाई स्थानीय संरचना बनाएर जाँदा व्यावहारिक हुने सुझाव दिनुभयो ।

सांसद भीमसेनदास प्रदानले नेपालको प्रजातन्त्रलाई संस्थागत विकास गर्न सबै राजनीति दल एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा अगाडि लैजानु आवश्यक रहेको औँल्याउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले पौराणिक कथाका केही पात्रले आलोचनात्मक काम गरे पनि समाजको विकृति विसङ्गतिको विरुद्ध काम गरेको बताउनुभयो । उहाँले पौराणिक कथाका पात्रबाट अहिलेका पात्रले पाठ सिक्नुपर्ने उल्लेख गर्नुभयोे ।

कार्यक्रममा क्लबका अध्यक्ष अनिश श्रेष्ठ, टोखा नगरपालिकाका समाजसेवी केदार पाठक, नेका टोखा नपा अध्यक्ष वसन्त श्रेष्ठ, नेका जिल्ला सदस्य रामचन्द्र घिमिरे, नेका महासमिति सदस्य सागर खनाल, राजेश अधिकारी, नेकपा (एमाले)का नेता नारायणभाइ श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नेता विष्णु श्रेष्ठलगायतले सबै धर्म, संस्कृति समान रहेकाले कोही कसैले पनि आफूले मान्ने धर्मभन्दा अर्को धर्मलाई हेयको दृष्टिले हेर्न नहुने धारणा राख्नु भयो ।

सो अवसरमा क्लबले निःशुल्क स्वास्थ्य शिविर प्रदान गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...