Sunday, August 28, 2016

नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टरले बिपी कोइराला जन्मजयन्ती मनाउने

नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर को हालै बसेको बैठक ले नेपाली कांग्रेस का संस्थापक,नेपाल का प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा बरिष्ठ साहित्यकार स्वर्गिय बिस्वेस्वर प्रसाद कोइराला को जन्मजयन्ती रक्तदान, कविता बाचन,र स्वर्गिय कोइराला को ब्यक्तित्व सम्बन्धी प्रबचन लगायत का बिभिन्न कार्यक्रम सहित मनाउने निर्णय गरेको छ ।
च्याप्टर सभापति राम शरण हुमागाइ को सभापतित्व मा बसेको बैठक ले जन्मजयन्ती कार्यक्रम लाई ब्यबस्थित रुपमा सन्चालन गर्न बिभिन्न समितिहरु पनि गठन गरेको छ । जसअनुरुप

सेप्टेम्बर १० तारिख शनिबार रक्त्दान कार्यक्रम गर्न उप सभापति द्वय टंक नाथ दाहाल र दिपक राना,कार्यसमिती सदस्यहरु केदार प्रशाद तिम्सिना,बुद्धी प्रशाद पौड्याल र यम कुमार सिटौला रहनु भएको रक्तदान कार्यक्रम समिती गठन गरेको छ ।

त्यसैगरि सेप्टेम्बर ११ तारिख का दिन स्थानिय बुलरन् रिजनल लाइब्रेरी मनासस मा बिभिन्न संघ संस्थाहरु,संचार माध्यम हरु र बिशिष्ठ ब्यक्तित्व हरुको सहभागितामा हुने प्रबचन् र साहित्यिक कार्यक्रम लाई ब्यबस्थित रुपमा सन्चालन गर्न सभापति राम शरण हुमागाइ,उप सभापति टंक दाहाल र दिपक राना महासचिव किरण लामा,सदस्यहरु केदार प्रशाद तिम्सिना,बुद्धी प्रशाद पौड्याल र यम कुमार सिटौला रहनुभएको जन्मजयन्ती बिशेष कार्यक्रम समिती समेत गठन गरेको छ ।

जन्मजयन्ती कार्यक्रम मा बिगत बर्ष हरुमा झैं डिसी मेट्रो क्षेत्र मा बसोबास गर्ने दिदिबहिनी र दाजुभाइ हरुको उपस्थिती हुनेमा नेजसस अमेरिका भर्जिनिया च्याप्टर विश्वस्त रहदै नेपाली समुदाय को संघ संस्थाका पदाधिकारी सदस्यहरु,सन्चारकर्मी,बिध्यार्थी,साहित्यकार लगायत सम्पूर्ण मा सहभागिता को निम्ती हार्दिक अपिल गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...