हरेक घरमा धारो होस् ,हरेक गाउँमा सिँचाइ होस् नारामा आधारित भएर शुरुवात गरिएको पानीले तड्पिएको लक्ष्मीपुर गाविस सुनपुर दाङ करोड पानी अभियानमा बिदेश बस्ने नेपालीहरुले मात्र सहयोग गरेको समाचार आइरहदा स्वदेश बस्ने जिल्ला वासीहरु पनि सार्थक तुल्याउन कम्मर कस्न शुरु गरेका छन् । आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । पानी अभियानको नारा सफल पार्नुपर्छ भन्दै दाङका केही व्यक्तिहरुले पानी अभियानलाई झन्डै डेढ लाख प्रदान गर्ने घोषणा गरेका छन् ।
दाङ जिल्लाबाट कमल डाङी रु २५ हजार अशोक भन्डारी रु २० हजार खगराज खनाल रु १५ हजार अन्जु खनाल रु १० हजार ५ सय रामचन्द्र थापा रु १० हजार ,पवन आचार्य रु १० हजार दिनेश अधिकारी रु १० हजार , जीवन भण्डारी रु ५ हजार ५ सय केदार अधिकारी रु ५ हजार १ सय ५ चन्द्र कान्त लम्साल रु ५ हजार हजार ॠषि बाबा थापा रु ४ हजार सन्दिप घिमिरे रु २ हजार ,नमराज खनाल २ हजार , अन्जु खनाल १० हजार ५ सय पानी अभियानलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
पानी अभियान शुरुवात भएको छोटो समयमै देश बिदेश बाट पनि स्वस्फुर्त सहयोग आइरहेको छ ।
No comments:
Post a Comment