Thursday, August 4, 2016

बालिका मृत अवस्थामा फेला

balika_mrityu_बनेपा, २१ साउन । काभ्रेपलाञ्चोकको पाँचखालमा आज एक स्कुलेबालिका मृत अवस्थामा फेला परेकी छिन् ।

गत साउन १७ गतेदेखि हराइरहेकी भविष्य उज्वल प्रावि पाँचखालमा ५ कक्षामा अध्ययनरत ९ वर्षीया बालिका सन्जीता विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सन्जीताको शव घरदेखि ३०० मिटर दक्षिणमा रहेको सुनसान जङ्गलमा फेला परेको थियो । “धेरै आशङ्का छन् त्यसैले विस्तृत अनुसन्धान गर्छौं”, प्रनाउ राईले भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...