Saturday, August 13, 2016

लङमन्ट निवासी नेपालीहरुको पिकनिक सम्पन्न

DSC_0388अगष्ट १३,२०१६
कोलोराडो, अमेरिका

कोलोराडो स्थित लङमन्टमा रहेका नेपालीहरु बिच भेटघाट, एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको पिकनिक विभिन्न कार्यक्रम संगै सनिबार सम्पन्न भयो ।

DSC_0362
लङमन्ट नेपाली परिबारको आयोजना तथा हिमालयज लायन्स क्लब लङमन्टको संयोजनमा संम्पन्न पिकनिकमा स्थानीय मेयर डेनीस कुम्ब, सिटी काउन्सिलर जोअन पेक, लायन्सका एन ई ६ का डिष्टीक गर्भनर केन नोर, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष योगराज गौतम, एनआरएनका अध्यक्ष बासुदेब खनालको उपस्थिती रहेको थियो । त्यसैगरि अन्य अतिथीहरुमा नेपाली जनसम्पर्क समिती कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारीे, प्रवासी मन्चका अध्यक्ष जगत श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष भुपेन्द्र महत, नेवा खःलका अध्यक्ष पे्रमकाजी श्रेष्ठ, समाजसेवी शुरेन्द्र श्रेष्ठ, बिआरटी नेपाल डटकमका शैलेस पोख्रेल, यूस नेपाल न्यूजका बिकल पराजुली, नायक नवराज श्रेष्ठ, गायक महेश बुढाथोकी, लगायत विभिन्न अतिथीहरुको कार्यक्रमा उपस्थिती रहेको थियो ।

DSC_0371

स्थानीय रमणिय पार्कमा सम्पन्न कार्यक्रममा लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठले उपस्थित अतिथीहरु सबैलाई स्वागत गर्दै लङमन्ट सिटीमा धेरै नेपाली बसोबास गर्ने भएपनि एक अर्कामा भेटघाट चिनाजानी नभएकोले आपसमा चिनाजानी, समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताए ।

DSC_0345

कार्यक्रममा प्रमोद श्रेष्ठले, संजय प्रधान, पूर्ण श्रेष्ठ, लिला श्रेष्ठ, शरद आचार्य, लगायतका गायकहरुले बिभिन्न किसिमका गित गाएर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । पिकनिक कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न पुर्ण श्रेष्ठले सहभागीहरुलाई बिङ्गो खेलाएका थिए । बाल बालिकाहरुलाई मनोरञ्जन प्रदान गर्न म्यूजिकल चियर, स्पोन एण्ड बल, पिन्याता, त्यसैगरि महिला म्यूजिकल चियर, डोरी तान्ने लगायतका खेल प्रतियोगिता आयोजना गरिएको थियो । खेलमा विजयी प्रतियोगीहरुलाई कार्यक्रममा उपस्थित बिभिन्न अतिथीका हातबाट नगद तथा अन्य पुरस्कार प्रदान गरिएको थियो ।

DSC_0335

कार्यक्रममा कतिपयले आबश्यक पर्ने पानी, अचार, सोडा, साउन्ड सिष्टम लगायतका सामग्री सौजन्य उपलब्ध गराएका थिए । स्थानीय युवाहरुको विशेष सकृयतामा सम्पन्न पिकनिकोलागी आवश्क अन्य खानेकुुरा स्थानीय एभरेष्ट रेष्टुरेष्टका प्रेमकाजी श्रेष्ठले तयार बनाई सहयोग गरेका थिए ।

DSC_0395 DSC_0388 DSC_0376 DSC_0371 DSC_0362 DSC_0345 DSC_0339 DSC_0335 DSC_0296 DSC_0302 DSC_0316 DSC_0324 DSC_0275 DSC_0276 DSC_0278 DSC_0281 DSC_0269

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...