Tuesday, August 30, 2016

कनेक्टिकटमा तीज कार्यक्रमका वीच पर्वतारोही महिला

teej

कनेक्टिकट,अगष्ट २९
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा कनेक्टिकट राज्य भरी छरिएर रहेका नेपाली दिदीबहिनीहरु वीच तीजको शुभकामना आदान प्रदान तथा विविध मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ कनेक्टिकट नेपाली समाज(नेकोन)ले अगष्ट २८, तारिख आर्इृतबारका दिन तीज कार्यक्रम २०७३ भव्यताका साथ सम्पन्न गर्यो । समाजकी ज्येष्ठ नागरिक सावित्री अधिकारीको प्रमुख आतिथ्य तथा सस्थाका अध्यक्ष शंकर प्रसाद ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कनेक्टिकट बासी नेपाली नारीहरुको उपस्थिती थियो । उक्त कार्यक्रममा आफ्नो ज्यानको बाजी राखेर नेपाल र नेपली महिलाको शानका लागि ७ पटक सम्म्म विश्वको सवभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गरिसक्नु भएकी सहासी नारी लाक्पा शेर्पा तथा ७० वर्ष नाघेका आमाहरुलाई सम्मान गर्नुका साथै तीज सम्बन्धि विविध सास्कृतिक कार्यक्रम गरिएको थियो । उपस्थित नारीहरुलाई निःशुल्क पासको व्यवस्था गरिएको थियो भने कार्यक्रमलाई स्थानिय व्यवसायी संस्थाहरुले प्रायोजन गरेका थिए ।

teej1

कार्यक्रमका सभापति एवंम सस्थाका अध्यक्ष श्री शंकर प्रसाद ढकालले तीजको शुभकामना दिदै संयोजक रोमा पुनको समुह र स्थानिय सहयोगी व्यवसायी सस्थालार्ई धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाँले महिला व्यक्तित्वकी धनी एवमं ७ पटक सम्म सगरमाथा आरोहण गर्ने सहासी नारी लाक्पा शेर्पालाई सम्मान गर्न पाउनु नेकोनको गर्वको विषय भएको बताउनु भयो । सम्मानित बिख्यात पर्वतारोही शेर्पाले आफु नामको लागि सगरमाथा चढेको र आफुले सगरमाथा यहँी देखेको बताउनु भयो । कार्यक्रम संयोजक रोमा पुनले कार्यक्रम संथालन गर्नुभएको थियो भने सस्थाकी सल्लाहकार वसन्ता न्यौपानेले यस पटक कार्यक्रम नयाँ ढंगले संचालन गर्न खोजिएको र नयाँपुस्तालाई जिम्मेवारी दिईएको बताउनुभयो । उक्त कार्यक्रममा ७० वर्ष नाग्नुभएका ९ जना आमाहरुलाई सम्मान गरिएको थियो । सम्मानित आमाहरुको तर्फबाट ७१ बर्षिया धन कुमारी गिरीले कार्यक्रम राम्रो लागेको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा तीज सम्बन्धि सास्कृतिक कार्यक्रम रहेको थियो जसमा कनेक्टिकट बासी नेपाली दिदीबहिनीहरुले तीजको पहिरहनमा सजिई अतिनै आकर्षक तीज सम्बन्धि नृत्यहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमा खानेकुराको सम्पुर्ण प्रायोजन टेस्ट अफ इन्डिया , हिमालयन , एभरेष्ट स्पासी,हभेली इन्डिया,बलिउड ग्रिल, नमस्ते इन्डिया, बम्बई वलिभ, लगायतका व्यापारीक संस्थाले गरेका थिए भने रुपेश पराजुलीले व्यक्तिगत रुपमा सहयोग गर्नुभएको थियो ।

teej2

हिन्दु नारीहरुले सत्य युगमा पार्वतीले महादेव स्वामी पाँउ भनि व्रत गरेको दिनको संझनामा हरेक वर्ष तीज पर्व मनाउने गरेका छन् यस्ता कार्यक्रमले भड्किलो तीजको विरुद्ध सुसुचित गर्दै आफ्नो सस्कृतीको संरक्षणा सहयो पुग्ने देदिन्छ भने सहासी पर्वतारोही नारी लाक्पा शेर्पाको सम्मानले समग्र नारीहरुको मनोबल उच्च बनाउन सहयोग गर्दछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...