Monday, August 1, 2016

बाढी विस्थापित बालबालिका भोकै–नाङ्गै

imagesपथरी (मोरङ), १८ साउन । विद्यालय गएर पढ्ने लेख्ने बेलामा मोरङको डाइनिया क्षेत्रका बाढीपीडित बालबालिका भोको पेट र नाङ्गो जीउमा सडकमा रात कटाउँदै र भोक मेटाउने अन्न र आङ छोप्ने कपडा बाढीले बगाएर लैजाँदा नाङ्गै हिँड्न बाध्य भएका छन् ।

गत साउन १० गते मोरङको बक्राहा खोलामा आएको बाढीले बाँध भत्काएर गाउँ पस्दा खाद्यान्न, लत्ताकपडा, घर सबै बगाएपछि विस्थापित भएका मोरङको डाइनिया वडा नं ३ र ८ का १५० घरपरिवारका करिब २०० बालबालिकाको शरीरमा आङ छोप्ने लुगा कपडा   नहुँदा नाङ्गै हिँड्न बाध्य भएका हुन् ।

डाइनिया–गोविन्दपुर सडकखण्डको छेउमा त्रिपालमुनि रात बिताउँदै आएका उनीहरु सुत्दा ओछ्याउने लुगासमेत नहुँदा बालबालिकालाई विभिन्न रोगको समस्या देखापर्न थालेको बाढीपीडित अभिभावकको गुनासो छ ।

ओड्ने ओछ्याउने नहुँदा  बालबालिका निद्रा नलागेर रातभरि जाग्राम बस्ने गरेको पीडित उर्मिलादेवी राजवंशीको भनाइ छ । बाढीबाट विस्थापित गरेकै दिनदेखि वृद्धवृद्धा, बालबालिकालाई निक्कै समस्या भइरहेको पीडितको भनाइ छ ।

सडक छेउमा त्रिपाल टाँगेर दिन बिताउँदै आएका उनीहरुले ओड्ने ओछ्याउने नहुँदा चिसो भुइँमा रात बिताउनु पर्दा शरीर चिलाउने, पेट सुनिने, जीउमा डाबर आउने जस्ता समस्या देखापरेको सुनाउने गरेको पीडित रुक्साना खातुनले बताउनुभयो ।

डाइनिया गाविसका सचिव पदम विनोद घिमिरेका अनुसार तत्कालै सो क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउन जरुरी रहेको छ । उहाँले सुत्केरी महिला, बालबालिका, वृद्धवृद्धामा विभिन्न किसिमको रोगको सङ्क्रमण सुरु भइसकेको बताउनुभयो ।

विभिन्न सङ्घ संस्थाले राहत पु-याए पनि लत्ताकपडा राहत स्वरुप नपु-याउँदा समेत उनीहरुलाई समस्या भएको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...