चितवन १४ भदौं । चितवन युवा समुह अन्र्तराष्ट्रिय समन्वय समिति चितवनले लोक गायक डिबी लोपचनलाई सम्मान गरेको छ । बैदेशिक रोजगारीको शिलशिलामा कुँवेतमा रहेको नेपाली लोक गीतको संरक्षणमा भूकिका खेलेको भन्दै समितिले गायक लोप्चनलाई सम्मान गरेको हो । तीजको अबसर पारेर रोजगारीको लागि विदेशमा रहेका व्यक्तिहरुका आफन्तहरु बीच भेटघाट तथा परिचयात्मक कार्यक्रममा समितिले लोप्चन सहित अन्य कलाकारहरुलाई सम्मना गरेको हो । भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिति बयोबृद्ध अन्नपूर्ण ढुंगाना र समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले सम्मान पत्र र दोसल्ला आढाएर सम्मान गरेका थिए । कार्यक्रममा कलाकारहरु सीता कँडेल,नेत्रजी पन्त,दशरत सापकोटा,गणेश रिजाल र पुजन घिमिरेलाई पनि सम्मान गरिएको थियो ।
No comments:
Post a Comment