Wednesday, August 3, 2016

स्वस्थ बच्चा प्रतिस्पर्धा’मा एकसय ३० जना

download (1)काठमाडौँ, १९ साउन । प्रसूति गृह थापाथलीमा जन्मिएका एक वर्षसम्मका बालबालिकाबीच गराइने ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’का लागि १३० जनाको आवेदन परेको छ ।

एक महिनाअघि अस्पतालले उक्त प्रतिस्पर्धाका लागि आवेदन खुल्ला गरेको थियो । उक्त प्रतिस्पर्धामा जन्मेदेखि ४५ दिनसम्मका बालबालिका, ४५ दिनदेखि ६ महिनासम्मका बालबालिका र ६ महिनादेखि एक वर्षसम्मका गरी तीन विधामा बालबालिकाको स्वास्थ्य परीक्षण गरी सबैभन्दा स्वस्थ १२ बालबालिकालाई पुरस्कृतसमेत गरिन्छ ।

आउँदो कृष्ण जन्माष्टमी अर्थात् भदौ ९ गतेका दिन प्रसूतिगृहको ५६औँ वार्षिकोत्सवका अवसरमा स्वस्थ १२ बालबालिकालाई पुरस्कृत गरिने अस्पतालका मेट्रोन मैयाँ मानन्धरले जानकारी दिनुभयो ।

प्रसूतिगृहमा गर्भावस्थादेखि नै जाँच गराई अस्पतालमा नै जन्मिएका बालबालिकाबीच प्रतिस्पर्धा गराइन्छ । यसमा पूर्ण खोप लिए÷नलिएको, नियमित जाँच, आमाले गर्भावस्थामा कतिपटक जाँच गराएको, परिवार नियोजनको अवस्थालगायत हेरिने मेट्रोन मानन्धरले बताउनुभयो । प्रसूतिगृहमा दैनिक ६० देखि ७० जनासम्म सुत्केरी हुन आउने गर्छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...