Saturday, August 27, 2016

पार्टीमा बहसको बिषय बन्नु पर्छ मल्टि पार्टी सिस्टममा रास्टपति साशन नै मुलुकको लागि उत्तम विकल्प हो !!

 

dev khanalधार्मिक सस्कार र राजनीति विकास भएको कुरालाई स्वीकार्नै पर्छ l नेपाली जनता गरिब तर मनका धनी छौ l एक छाक नखाएर भए पनि दान वा परोपकारमा सहयोग गर्न पछि पर्दैनौ l नेपाली जनताको जस्तै मन नेतामा भै दिएको भए आज यो देशको दुरावस्था हुने थिएन l चाहे कांग्रेस कुरा गरौ वा एमाले, हिजोको अवस्थामा पार्टी सचालनमा जनता बाट उठेको लेबी रकम बाट पार्टी सचालन हुने गर्थियो नेता जनताको घर दैलोमा सगै हातेमालोमा जनताका समस्याको समाधान खोजि रहेका हुन्थिये आज दलाल , गुन्डा, डन बाट मोटो रकम प्राप्त हुन्छ नेता आफैमा रमाएका छन् भने दलाल र डनहरु बाट नेता सचालन छन् l

चोर लाई साधु र साधु लाई चोर बनाउने समाज भन्दा माथि उठने बेला आएको छ l विस्वका राष्ट्रहरुको तुलनामा हामी नेपाली जम्मा एक मुठी मात्र छौ को साधु, को चोर हो ” सबै लाई थाहा छ तर पनि हामी चोरलाई चौतारो र साधुलाई सुलीमा राख पछि पर्दैनौ l राजनैतिक चेतना र विकास हुदैमा देश बन्दैन देश बनाउन बिभेकको उचित मात्रामा प्रयोग हुनु पर्छ l जनताले नेता चयन गर्नु पर्छ यो प्रजातन्त्रको मर्म हो l नेता एति भ्रस्ट भएका छन् जसले मोटो रकम बुझायो उसले पार्टीमा टिकट र राजनैतिक नियुक्तिको हैसियत राख्दछ ! जनताको ब्यालेट बाट सत्तामा पुगेका नेतामा नैतिकता भन्ने सब्द नै छैन l

अर्को व्यक्तिको मानमर्दन गरेर आफु नै ठुलो पदमा आशिन हुनु पर्ने, पार्टीमा गुठ बन्दि गरेर आफु नै मन्त्रि हुनु पर्ने l खै सस्कार ? खै जनताको अभिमतको कदर ?खै जनताको सम्मान ? आफुले सम्मान पाए अरु पशुपतिका बादर सहर हैसियतमा गन्ने , नेता त्यो हो जसले जनता लाई कुर्सि दिएर आफु संरक्षणको भूमिका निर्बाह गर्दछ l हिजो पार्टीमा जनताका मतबाट तिरस्कार भएका व्यक्ति पार्टीमा गुठ बन्दि गर्दै आज मन्त्रिको पगरी ओददै गर्दा लाज लाग्ला कि लाग्दैन l

व्यक्तिव र नेरित्व भएका व्यक्ति पदमा आसिन हुनु पर्छ खै कांग्रेसमा प्रजातन्त्र, अभिमत एकतिर पार्टीका नेता अर्को तिर के यहि नै हो बिपीको प्रजातान्त्रिक समाजबाद l कांग्रेस पुरानो बाटो बाट नया बाटोमा प्रबेश गर्दै गर्दा के बीपीको समाज बादी चिन्तन लाई बिर्शेर दलाल बादी दलदलमा फस्न लागेको हो ? पार्टीमा असल नेताको खडेरी लागेको हो या नया नेता उदयमा संकट देखा परेको हो l अब पार्टीले नेता जन्मौदैन जनता द्वारा नेता जन्माउनु पर्ने समय आएको छ l

कांग्रेस पार्टीमा एक बहसको बिषय बन्नु पर्छ मल्टि पार्टी सिस्टममा रास्टपति साशन नै मुलुकको लागि उत्तम विकल्प हो भन्ने कुरा लिएर जनताका माझमा जानु पर्छ l गुट , उपगुट , दलाल बाट देशमा धमिराले खाई सकेको अवस्था छ यो नास गर्ने एक मात्र विकल्प राष्ट्रपति पद्धती नै उत्तम विकल्प हुनेछ l जनताका समस्या लाई समाधान गर्नु भन्दा आफनो खल्ती भर्नेको जत्थाले देश खोक्रो भै सकेको छ !

सरकार बनाउने र भत्काउने आफु सुकिलो चिल्लो गाडीमा जनता सडक समेत उपयोग गर्न पदिदैनन भने धेरै सेता भैसी पालेर काम छैन l नेपालका हरेक पार्टीमा गुट र उप गुट छन् जसले गर्दा मुलुक विकास होइन गुन्डा विकास हुदैछ l जनताका नजरमा गिरिसकेका नेताले देश विकास होइन आफनो विकास पक्का गर्ने छन् !!!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...