Thursday, August 18, 2016

चैतमा स्थानीय निकायको चुनाव हुन्छ : मन्त्री पाण्डे

hitraj-pandey-650x486काठमाडौँ, २ भदौ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आगामी चैतमा स्थानीय निकायको चुनाव हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले मन्त्री पाण्डेसँग आज गरेको साक्षात्कारमा उहाँले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव अत्यावश्यक रहेको बताउँदै असोज मसान्तसम्म सम्पूर्ण स्थानीय निकायको प्रतिवेदन प्राप्त भएपछि चैतमा चुनाव हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो – “सबै राजनीतिक दलको सहमतिबिना यो चुनाव सम्भव छैन । सबैलाई चुनावमा सहभागी गराउन विभिन्न तहमा छलफल भइरहेको छ ।’’

मन्त्री पाण्डेका अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट आगामी ४५ दिनभित्र भूकम्पपीडितलाई अनुदान सहयोग पु¥याउन सकिने प्रतिबद्ध आएको छ । यो विषय र स्थानीय निकायको चुनावलाई पहिलो प्राथमिकतामा राखेर आफूले कार्य गर्दै आएको उहाँले बताउनुभयो ।

मधेसी मोर्चाको संविधान संशोधनको मागका विषयमा राखिएको एक प्रश्नमा मन्त्री पाण्डेले ६२ जनालाई सहिद घोषणा गर्ने सन्दर्भमा आयोग गठन गरी अगाडि बढ्ने सहमति भएको र अन्य विषयमा समेत वार्ता र सहमतिका माध्यमबाट अगाडि बढ्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...