Friday, August 19, 2016

उपप्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

Bimalendra-Nidhi-and-SushmaSwarajकाठमाडौँ, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत जानुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभएको छ ।

उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री निधिले आजै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटघाट गर्नुभएको थियो ।

उहाँले आजै साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जी र भोलि बिहान प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटघाट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि हिजो भारत प्रस्थान गर्नुभएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...