Sunday, August 14, 2016

मेरो पिता डाईमण्ड शमशेरकाको नामले मलाई चिन्दा मलाई गौरब लाग्छ : रघु शमशेर ,ज.ब.रा.,सुपुत्र (डाईमण्ड शमशेर)

IMG_2702

डिसीमा डाईमण्ड शमशेरका सुपुत्र ,रघु शमशेर ,ज.ब.रा. संग लिइएको बिशेष कुराकानी :

प्रख्यात उपन्यासकार स्व डाईमण्ड शमशेरका छोरा रघु शमशेर ,ज.ब.रा.अमेरिकाको भ्रमणको क्रममा डिसी आई पुगेको समयमा डाईमण्ड शमशेरको बारेमा ईनेपलिजले राखेको जिज्ञाशामा गौरबका साथ रघु शमशेर ,ज.ब.रा. ले मेरो पिता डाईमण्ड शमशेरकाको नामले मलाई चिन्दा मलाई गौरब लाग्छ भन्नु भयो l

IMG_2745

जिज्ञाशा राख्ने क्रममा वहाले अमेरिका पहिलो पटक आएको बताउदै अमेरिका बत्तीस लक्षण भएकी र सबै गुण भएकी स्त्री जस्तै आफुलाई लागेको बताउनु भयो l बालककालमा स्वर्गीय तथा श्रद्धेय पिता डाईमण्ड शमशेरले तपाईलाई गरेको कुनै अविस्मरणीय घटना आदि ईत्यादी छ भन्ने सेरोफेरोमा सवाल गर्दा मेरो बुवा सेनामा हुनु हुन्थ्यो भन्दै पिताले जागिर छोडे पछिका केहि अप्ठ्यारा तगाराहरुका बारेमा चर्चा गर्नु भयो l

raghu

पत्नी साथ अमेरिकामा रहेका छोरालाई भेटघाट गर्न अमेरिका आएको र अमेरिकाले मोहनी लगायता पनि देश प्रेम को अगाडी क्षणिक मोहजालमा आफु नपर्ने ईशारा दिनु भयो l ईनेपलिजले डाईमण्ड शमशेरका बारेमा खोतल्ने क्रममा आफ्ना पितालाई बिक्रम सम्बत २०१४ सालमा १५ दिन थुनामा राखेको स्मरण रहेको बताउनु भयो l रघु शमशेरले प्रजातन्त्रको घांटी निमोठे पछि आफ्नो पितालाई ६ महिना कारागार लागेको बताउनु भयो

रघु शमशेरले कुराकानीको क्रममा आफ्ना पिता डाईमण्ड शमशेर कांग्रेसी भएकोले महामानव स्व बिपी कोइराला संग नजिक रहेको र कुराकानी गरि रहनु हुन्थ्यो भनि बताउनु भयो l

IMG_2708

FullSizeRender

यिनै सेरो फेरोमा वहा सग गरिएको तथा निकै रोचक भलाकुसारी हेर्न यस श्रब्य दृश्य (भिडियो ) थिच्नु होस् :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...