Monday, August 29, 2016

अमेरिकाको टेक्सासमा घरबाहर बिहिनलाई एचडीएनपी इन्टरनेसनलले खाना खुवायो

hd 1अमेरिकाको टेक्सासमा नेपाली मुलका देवी डेविड आचार्यको पहलमा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन गराएको छ l

गत अगस्त २७ तारिख शनिबार ५ सय २७ जनालाई स्वास्थ्य ,स्वादिस्ट भात ,तरकारी ,मासु ,गेडागुडी तथा अन्य पौष्टिक आहार आदि खुवाएको छ l संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

hd 5हरेक ३ महिनामा यस्ता अशक्त ,घरबार बिहिन तथा मागेर जिविको पार्जन गर्नेलाई खुवाउने अन्तर्गत गत शनिबार सामुहिक भोजन गराईएको संस्थाका अध्यक्ष देवी डेविड आचार्यले बताए । हरेक ३ महिनामा खाना खुवाउन पर्ने यस्को लागि प्रायोजक जुटाउनु पर्ने भएकोले संघ तथा संस्था ,व्यक्ति या समुदायले सहयोग गर्न चाहेमा संस्थाले स्वागत गर्ने बताए lसंस्थाले नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ ।

hd 2एचडीएनपी इन्टरनेसनल अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ l यसका लागि नर्थ टेक्सस विश्व बिद्यालयका बिद्यार्थी तथा डिडब्लुजी शहरका स्वयम् सेवकले सहोय्ग गरेका थिए भने टेक्सास नेपाली समाजले खानाको आधा रकम प्रदान गरेको थियो l

hd 3

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...