काठमाडौं, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसका मन्त्रीहरूलाई शपथ दिलाइ तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालसमेतको उपस्थितिमा राष्ट्रपतिले आज बिहान नौँ बजे काग्रेसका १३ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाउनु भएको हो ।
यसअघि कांग्रेसका तर्फबाट दुई मन्त्री विमलेन्द्र निधि र रमेश लेखकले जिम्मेवारी लिइसकेका छन् । १३ मन्त्रीले शपथ लिएपछि कांग्रेसका तर्फबाट सरकारमा कांग्रेसका मन्त्रीहरूको संख्या १५ पुगेको छ ।
शपथ लिनेमा अर्जुन नरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँण रक्षा, सूर्यमान गुरूङ श्रम, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, जीवनबहादुर शाही पर्यटन, रोमी गौचन थकाली वाणिज्यको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थानी सहकारी तथा गरिबी निवारण, सीतादेवी यादव शान्ति तथा पुनर्निर्माण, दीपक गिरी सिंचाई, शंकर भण्डारी वन र गगन थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
दौरा सुरुवाल लगाएका गगनले ढाकाको टोपी शिरमा लगाएका थिए । कांग्रेसका शपथ लिने सबै मन्त्रीले आफ्नो राष्ट्रिय पोशाक लगाएका थिए ।
माओवादी केन्द्रका राम कार्कीबाहेकका अरु सबै मन्त्रीहरू भने राष्ट्रिय पोशाकविनै शपथ लिएका थिए । स्वयं प्रधानमन्त्री दाहालले पनि कोट, सर्ट र पाइन्टमा शपथ लिएका हुन् ।
– See more at: http://ift.tt/2bTJzjU
No comments:
Post a Comment