Tuesday, August 9, 2016

साउदीबाट घर फर्कन चाहनेलाई निःशुल्क ‘एक्जिट भिसा’, साउदी सरकारले सघाउने

saudi-arabiaकाठमाडौं, २५ साउन । साउदीस्थित नेपाली दूताबासले घर फर्किन चाहने नेपालीहरुलाई निःशुल्क ‘एक्जिट भिसा’ दिने तयारी गरेको छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले साउदी तथा श्रीलंकामा फसेका नेपालीहरुको उद्दार गरी घर फर्काउन दिएपछि साउदीस्थित नेपाली महावाणिज्यदूतले आफ्ना कामकारबाहीबारे जानकारी दिने क्रममा निःशुल्क ‘एक्जिट भिसा’ दिने विषयमा कुरा भैरहेको विज्ञप्तिमार्फत जनाएको छ ।

साउदीमा अलपत्र परेकाहरुलाई खानाको प्रबन्ध मिलाइएको र तलब नपाएका ४१ कामदारमध्ये ६ जनालाई नेपाल फर्काइसकिएको दूताबासको विज्ञप्तिमा उल्लेख छ । दूतावासले कुनै समस्या परेमा साउदी दूतावासको फोन नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दै अलपत्र नेपाली कामदारलाई अगस्त १ देखि खानाको व्यवस्था मिलाइएको जनाएको छ ।

यता साउदीमा रोजगार कम्पनी आर्थिक समस्यामा परी बन्द हुन थालेपछि ती कम्पनीमा कार्यरत विदेशी नागरिकलाई स्वदेश फर्काउन साउदी सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने जानकारी प्राप्त भएको नेपाली महावाणिज्यदूतावास जेद्दाले जनाएको छ ।

nepali-embassy-in-Saudi

– See more at: http://bit.ly/2aItL7M

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...