प्रत्येक वर्ष आउने श्रावणशुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा अर्थात्रक्षाबन्धन भनिन्छ । यस दिनलाई हिन्दुहरुको एउटा विशेष चाडकारुपमा लिइन्छ । नेपाल तथा इन्डियाका विभिन्न ठाउँमा यसलाई विभिन्ननाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात्ऋषितर्पणी भन्ने गरेको पाइन्छ । नेपालको तराइ क्षेत्र तथा इन्डियामायसलाई राखीपूर्णिमा भनिएको पाइन्छ । नेपालकै नेवार समुदायमायसलाई क्वाँटी खाने दिनका रुपमा तथा गुनुपुन्ही भनेर मनाइन्छ । यसवाहेक कजरी पूर्णिमा, नरियलपूर्णिमा, अवनि अवित्तम तथा जे सुकैनाम दिए पनि हामीहरुका लागि यो पर्व जनैपूर्णिमा तथा रक्षाबन्धनकानामले प्रसिद्ध छ ।
विभिन्न ठाउँ, चलन तथा धार्मिक परम्पराअनुसार यस पर्वलाईफरकफरक ढंगले मनाए पनि ब्राह्मण तथा क्षत्रीयहरुका लागि यो पर्वविशेष महत्वपूर्ण मानिन्छ । यस दिन विहान सबेरै उठेर नदी तथाजलाशयमा गई स्नान गरेर शुद्ध भएपछि जप, ध्यान गरी वैदिकविधिअनुसार भगवान शिवजीको पूजा गरी वैदिक मन्त्रहरुले नयाँजनैहरु(५४ सरा धागोले ब्रह्म गाँठो पारी बनाइएको यज्ञ सुत्र) मन्त्रेरपुरानो जनै निकाली फेरिन्छ । जनै फेर्दा भन्ने मन्त्र..
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहज पुरस्तात्।
आयुष्यमग्रम् प्रतिमुंच शुभ्रम् यज्ञोपवीतं बलमस्तु तेज:।
मन्त्र उच्चारण गरी लगाउनु पर्दछ । जनैमा प्रयोग हुने डोरा, ग्रन्थ रशिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन। यीकर्महरू गर्दा व्यक्ति, देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त हुनेधार्मिक विश्वास छ। जसको वैदिक विधिअनुसार चूडोपनयन(ब्रतबन्ध) कर्म भैसकेको छ, ऊ व्यक्ति मात्र जनै लगाउन योग्य हुन्छ । जनैलगाउनाले आयु तथा बल वृद्धि हुने तथा पापनाशक हुने कुराकोविश्वास गरिन्छ ।
हाम्रो समाजमा एक किसिमको भ्रम फैलाइएको पाईन्छ त्यो हो बाहुन् भएर जन्मिएकोले मात्र जनै लगाउनु पर्छ भन्ने धारणा । मान्छे जातले मात्र ब्राह्मण हुने होइन ऊ कर्म गरेर ब्राह्मण बन्ने हो । ब्राह्मणको घरमा जन्मदैमा उस्लाई सबैले गुरु पुरोहित मन्नुपर्छ भन्ने होइन, उस्ले ब्राह्मणले जस्तै कर्म गर्यो भने मात्र ऊ गुरु तथा पुरोहित बन्न सक्छ । जनै लगाउदैमा गुरु पुरोहित पनि भइने होइन, गुरु पुरोहित बन्ने मार्ग चाँही खुला हुन्छ । जनै लगाउनाले मन, वचन र कर्मलाई पवित्र बनाउन सकिन्छ । आफ्नो मस्तिस्कको शक्तिलाई बढाउन सकिन्छ, जनै लगाइसकेपछि उस्ले नित्य गरिनु पर्ने नित्यकर्मको बारेमा जानकारी लियी त्यस्को पालना गर्नुपर्छ ।
त्यस्तै रक्षाबन्धन(तीन सराभन्दा बढी भएको धागोलाई विभिन्न रंगलेरंग्याइएको डोरा) लाई वैदिक मन्त्रहरुले मन्त्रेर …येनबद्धो बलीराजा दानबेन्द्रो महाबलः तेन त्वां प्रतिबध्नामि रक्षे माचल मा चल ।। भन्ने मन्त्र उच्चारण गरी दाहिने हातको नाडीमाबाँधिन्छ । यसो गर्नाले आफ्नो रक्षा हुने, बल वृद्धि हुने र पुण्यप्रदायकमानिने जनविश्वास छ । अर्थात् सत्ययुगमा दानवद्वारा लखेटिएकादेवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जस्ले अत्यन्तबलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसलेतिमी सुरक्षित बन, विचलित नहोऊ- भनी डोरो बाँधेर जोगाएका थिएभन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनित्यत्तिकै प्रचलित छ। यसका साथै यो दिन विभिन्न मिष्ठान्न परिकारहरुबनाई खाने गरिन्छ । विशेष गरी नेवार समुदायबाट सुरु गरिएकोक्वाँटी(नौ प्रकारको गेडागुडी) खाने चलन अरु समुदायमा पनि लोकप्रियबन्दै गएको छ । परम्परानुसार यस दिन नौ थरीका गेडागुडी मिसाईभिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ। यसरी तयारगरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने विश्वासगरिन्छ। नेवार समुदायमा आजको दिनलाई गुन्हु-पुन्ही भनी मनाइनेपरम्परा छ । यस दिन बाँधिएको डोरालाई ३ महिनापछि लक्ष्मीपूजाकोदिन फुकाई गाईको पुच्छरमा बाँध्ने गरिन्छ, यसो गर्नाले मरेपछि वैतरणीनाम गरेको नदी पार गर्न तिनै गाईले सहयोग गर्नेछिन् भन्ने कुराकोविश्वास गरिन्छ ।
पौराणिक कथनअनुसार यसै दिन महाराज इन्द्रले बृहस्पति गुरुकोसल्लाह लिई भगवान विष्णुको आराधना गरे भने भगवान विष्णुलेबलीराजा दानवको घमण्डलाई नाश गरी पाताल लोकमा राज्य गर मतिम्रै साथमा रहनेछु भनी बाचाबन्धन गरेकाले यसैको विजयोत्सवस्वरुपयो पर्व मनाउँदै आएको पाईन्छ । रक्षाबन्धनको सही अर्थ आफू आत्मस्थितिमा अचल भएर पवित्रताको पालन गर्नु हो, यसै कारण हामीहरुलेअहिलेसम्म हामीहरु जहाँ भए पनि यो पर्व मनाउँदै आइरहेका छौं रभविष्यमा पनि हाम्रा सन्ततिहरुले मनाउँदै जानेछन् भन्ने कामना गर्दछु ।
लेखक खनाल बिगत ९ बर्षदेखि डिसी भर्जिनिया तथा मेरिल्यान्ड क्षेत्रमा कर्मकान्ड तथा ज्योतिष पेशामा समर्पित हुनुहुन्छ ।
नोट : यस् बर्षको जनै पुर्णिमा यही अगस्त १८ तारिख पर्दछ ।अमेरिकाको पूर्वीय भुभागमा बस्नु हुने तथा यस् क्षेत्रमा आउनु हुने सबैभक्तजन्हरुलाई डिसी नेपाली समाज, अमेरिकाको निमन्त्रणा डिसी नेपाली समाज, अमेरिकाको आयोजनामा बिगतका ५ वर्षहरुमाजस्तै यस वर्ष पनि यही अगस्ट 18 तारिख 2016, बिहीवारजनैपूर्णिमाको दिन जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रमराखिएकोहुँदा यहाँहरु सबैलाई उक्त दिनमा जनै धारण तथारक्षाबन्धनक़ा लागि हार्दिक निमन्त्रणा टक्र्याउदछौ ।
जनैपूर्णिमाको दिन क्वाँटी खाने परम्पराको निरन्तरता दिन क्वाँटीको पनि व्यबस्था गरिएको छ ।
Address : 14102 Wood Rock Way, Centreville VA, 20121
Date : August 18 2016 Thursday
Time : 7:00 AM To 7:00 PM For More Details: 571-438-5499 or 703-870-6480 राजेन्द्र खनाल
No comments:
Post a Comment