Sunday, August 21, 2016

कलाकारलाई ब्युटिसियनको सम्मान

Photo 2 (1) - Copy

ललितपुर ।ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्थाले तीजको पुर्व सन्ध्यामा माइती मेला तथा तीज दर कार्यक्रम आयोजना गरी कलाकारलाई सम्मान गरेको छ । बरिष्ठ कलाकार बसुन्धरा भुषाल, पुर्व मिस नेपाल उषा खड्गी, बरिष्ठ ब्युटिसियन चिनु गुरुङ सो अवसरमा सम्मानित भएका हुन् । यसैगरी आदर्श जोडीका रुपमा निर्देशक तथा पत्रकार सुव्रत आचार्य र कलाकार जया शर्मालाई सम्मानित भए । साथै सोहि कार्यक्रममा उदाहरणीय नृत्यंगनाको रुपमा रोमा न्यौपानेलाई १० हजार एक सय नगदसहित सम्मान गरियो । सम्मानित व्यक्तित्वहरुलाई सांसद मदनबहादुर अमात्यले सम्मानपत्र प्रदान गर्नुभयो ।

Photo 1 - Copyललित ब्युटिसियन सहकारी संस्थाले प्रत्येक वर्ष कला र अन्य क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गर्दै आएको छ । कार्यक्रममा बोल्दै सांसद मदन बहादुर अमात्यले नारी शक्तिले समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । त्यसैक्रममा यो वर्ष पनि सम्मान गरिएको र यसले विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको हौसला बढ्ने संस्थाकी अध्यक्ष मिना रिमाल न्यौपानेले बताउनुभयो । कार्यक्रममा हास्यकलाकार किरण केसी, दिपाश्री निरौला, यमन श्रेष्ठ, कुन्जना घिमिरे, पल्पसा डंगोल, कविता शर्मा, गायिका जुनु रिजाल, निशा सुनुवार लगायत अन्यको पनि उपस्थिती थियो । किरण केसी, यमन श्रेष्ठ, जुनु रिजाल, निशा सुनुवारले गित गाएर कार्यक्रमलाई रमाइलो बनाएका थिए । कार्यक्रम आयोजना गर्न चर्चित कस्मेटिक ब्रान्ड स्ट्रेक्सले सहयोग गरेको थियो ।

Main Photo - Copy

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...