Tuesday, August 2, 2016

सरकारमा सहभागी हुने विषयमा राप्रपा नेपाल टुङ्गोमा पुगेन

काठमाडौँ, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरकारमा सहभागी हुने वा नहुने विषयमा आज टुङ्गोमा पुग्न सकेन ।

पार्टी पदाधिकारी तथा संसदीय दलको आज बसेको बैठकले राप्रपासँग एकीकरणका लागि अन्तिम प्रयास गरी सरकारमा सहभागी हुने तथा नहुने भन्ने बारेमा साझा धारणा बनाउन भोलि बिहान ९ बजे पुनः बैठक बस्ने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

आजको बैठकमा अधिकांश नेताले अब बन्ने सरकारमा सहभागी नहुनका लागि सुझाव दिएका थिए । यसअघि राप्रपा सरकारमा जाने तयारी गरिसकेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...