Saturday, August 27, 2016

रौतहटको शिवनगरमा गणिनाथ–गोविन्द पूजनमा हजारौँ सहभागी

20160827_094327

रौतहटको गरुडा नगरपालिकास्थित शिवनगरमा रहेको गणिनाथ–गोविन्द मन्दिरमा दिनभरि हजारौँको भीड देखिएको छ । रौतहटको विभिन्न भागका साथै सर्लाही, बारा र भारतको विभिन्न भागबाट आएका हजारौँ दर्शनार्थीहरुले गणिनाथ–गोविन्दको पूजा अर्चना गरेका छन् । मूलरुपमा कानू जातिको कूल देवताको रुपमा रहेको गणिनाथ–गोविन्दको पूजा अन्य जातजातिले समेत गर्ने गर्दछन् ।

कृष्णाष्टमीपछिको पहिलो शुक्रबार साँझ बिरिनेवतन, शनिवार भगवान गणिनाथ–गोविन्दको मूल पूजा तथा आइतवार बिहान दिनकरको पूजा गरेपछि सम्पन्न हुने पूजामा हजारौँ सहभागी भएका छन् । लोकदेवताको रुपमा रहेको गणिनाथ–गोविन्दको शिवनगरमा मन्दिर निर्माणाधीन रहेको छ । निर्माणाधीन मन्दिरमा नै हरेक वर्ष विधिपूर्वक पूजा हुने गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...