Monday, August 15, 2016

काठमाडौंमा केबलकार चलाउने फ्रान्स सरकारको प्रस्ताव

cable-car_901157097काठमाडौँ, ३१ साउन । फ्रान्सेली सरकारले विष्णुमती सपनतीर्थ मुहानदेखि बौद्ध स्तूपसम्म केबलकार निर्माणका लागि इच्छा प्रकट गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग आज फ्रान्सेली राजदूत भेस कारमोनाले मन्त्रालयमा भेटी यस्तो इच्छा प्रकट गर्नुभएको हो । सो मार्गमा केबलकार चलाउने सम्बन्धमा डेढ महिनाअघि फ्रान्सेली सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन गरिएको मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव विष्णुओम वादेले जानकारी दिनुभयो ।

नेपाल र फ्रान्सबीच सन् १९५९ देखि दौत्य सम्बन्ध स्थापना भएको हो । मन्त्री लेखकले फ्रान्स सरकारको सहयोगमा विष्णुमतीदेखि बौद्धनाथसम्म केबलकारको सम्भाव्यता अध्ययन भएकामा धन्यवाद दिँदै सोको निर्माण प्रक्रिया अघि बढाउन फ्रान्स सरकारको सहयोगको अपेक्षा गर्नुभयो ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...