Thursday, August 25, 2016

बाल्टिमोरमा एननआरएनबाट नेपालमा लगानीका सम्भावना, चुनौती र फाइदा “अन्तरक्रिया कार्यक्रम सम्पन्न

IMG_3010

बाल्टिमोर अगस्ट २५ ,

एन. आर. एन, मेरिल्याण्ड शाखाले नेपालका अरब पति बिनोद चौधरी लगायत बिभिन्न क्षेत्रका बिशिस्ठ व्यक्तिहरुलाई एउटै थलोमा जम्मा गराई “एनआरएनबाट नेपालमा लगानीका सम्भावना, चुनौती र फाइदा “बिषयक एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l

एनआरएन म्यारिल्याण्ड शाखाका अध्यक्ष जेदु पोखरेलको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा नेपाल तथाअमेरिकाका राष्ट्रिय गित बजाईएका थिए भने कार्यक्रममा खेलाडि हरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ l

कार्यक्रममा उपाध्यक्ष बिनोद उप्रेतीले स्वागतम मन्तब्य गरेका थिए भने अर्जुन हमालले कार्यक्रम संचालन गरेका थिए l कार्यक्रममा डिसी महानगर क्षेत्रका नेपाली समुदायहरुको उपस्थिति रहेको थियो l

नेपालका एकमात्र अरबपति बिनोद चौधरी लगायत अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्की, पूर्वमंत्री एवं भारतका लागि पूर्व नेपाली राजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्याय, एनआरएनए अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्त, सचिब अर्जुन कुमार श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो l

अरबपति बिनोद चौधरीले मन्तब्य व्यक्त गर्दै आफुले अमेरिकामा लगातार ५ दिन देखि नेपाली समुदाय संघ भेट गर्न पाएकोमा यो मेरो अहोभाग्य हो भन्दै नेपाली जहाँ बसे त्यो नेपालि नै हुन्छ भने l चौधरीले अब नेपालीहरु अमेरिकामा सम्बृद्ध भएको देखेकोमा हर्ष व्यक्त व्यक्त गर्दै टेक्सासका पासांग लामाले गरेको संघर्ष को उदाहरण दिदै आफुले पासांगको उदाहरण मात्र दिएको भने l

यस्ता थुप्रै पासांग लामाहरु अमेरिकामा रहेको आफुले देखेको र सम्भावना नेपालीहरु अमेरिकामा देखेको बताए l उनले अमेरिकामा रहेको नेपालीहरु आफु योग्य रहेको र आफुले मेहनत गरे अमेरिकामा नेपालीले चमत्कार गर्ने कुरामा विश्वास लिएको बताए l अमेरिकामा आफ्नो वाई वाई अमेरिकामा भित्राउने कुनै सिलिकन भ्याईलि मा एउटा कारखाना खोल्ने योजना रहेको बताए l

आगामी अगष्ट २७ र २८ न्यु जर्सीमा राज्यमा हुन लागेको एनआरएन अन्तर्राष्ट्रिय परिषदको नवौं क्षेत्रीय सम्मेलनको पुर्ब सन्ध्या पारेर रात्रीभोज समेतको आयोजना गरेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...