यो चुनौती पूर्ण तरल राजनैतिक घडीमा काँग्रेस प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै सरकार निर्माण गर्दैछ | जुन अवस्थामा यो सरकार गठन हुन् गई रहेको छ, यसमा काँग्रेसले आफ्ना मन्त्रि पठाउदा भुल चुक गर्यो भने आउदो चुनावमा ठुलो मूल्य चुकाउनु पर्ने निश्चित नै हुन्छ | जुन नेताको नेतृत्वमा काँग्रेस सरकारमा जान्छ त्यो नेता पार्टी सभापति शेर बहादुर देउबाले धेरै बिचारेर छान्नु पर्ने चुनौती उनी सामु छ | अहिले नेतृत्व दाबि गरि रहेका बिमलेन्द्र निधि, अर्जुन नरसिंह के.सी र कृष्ण प्रसाद सिटौला मध्ये एकले नेतृत्व गर्ने लगभग निश्चित जस्तै छ |
यी मध्ये निधी देउवाका पुराना सहयोगी र पारिवारिक रूपले पनि निकट भएकाले उनलाई सरकारको नेतृत्व दिने हल्ला धेरै हुने गरेको छ | तर पार्टी उपसभापति दाबी गरिरहेका हुनाले निधिको पार्टीलाई सरकारमा नेतृत्व गर्ने दाबी अलि कम्जोर हुन् जान्छ | मन्त्रि मण्डल गठन लगतै देउवामा पार्टी पदाधिकारी नियुक्ति गर्नु पर्ने ठुलो दबाब छ | यस्तोमा निधीलाई सरकारको नेतृत्व संग संगै पार्टी उप-सभापति एकै चोटी दिन देउवाको लागि उपयुक्त देखिदैन | त्यसैले निधीले २ मध्ये एक पद छान्नु पर्ने हुन्छ | त्यस्तोमा निधीले पार्टी उप-सभापति बनेर देउवाको पार्टीमा पकड अझ मजबुत बनाउन तिर लाग्नेछन भन्ने देउवा निकट नेताहरु बताउछन |
कृष्ण प्रसाद सिटौलाले यो सरकारमा पार्टीको नेतृत्व दाबी गरे पनि देउवा उनलाई पठाउने मुडमा देखिदैनन | सिटौला गृह मन्त्रि हुदा सुडान घोटाला काण्डमा मुछिएकोले पनि उनलाई नेतृत्व दिनेमा शंका गरिएको हो | उनि गृह मन्त्रि हुदा भएको सुडान घोटालाले राष्ट्र संघ मिसनमा गएका नेपाल प्रहरीका जवानहरुको बनाएको बिजोग पूर्ण स्थितिले अन्तर्राष्ट्रिय जगतमा देशको ईज्जतमा धक्का लागेको थियो | संबिधान जारी गर्ने बेलामा पनि उनको मधेश बिरोधि आचरण स्पष्ट देखिएको थियो | उनिलाई पार्टी भित्रकै मधेशी सांसदहरुले मधेशी बिरोधि भन्दै नरुचाउने गरेको बताईन्छ | त्यसैले मधेशीहरु संग गठबन्धन गर्नु पर्ने यो सरकारमा उनलाई अहिले लग्नु फलदाई नहुने निश्चित छ | त्यसैले पार्टी सभापति देउवाले उनको भागमा एउटा मन्त्रालय दिएर मिलाउने सोचमा छन् |
त्यस्तै नेतृत्वका अर्का प्रबल दबेदार हुन् अर्जुन नरसिंह के.सी | उनि बिगत लामो समय देखि काँग्रेसमा कोइरालाहरुलाई सहयोग गर्दै आए पनि यो १३औ महाधिबेशनमा देउवाको महामन्त्री लडेका थिए | देउवालाई सभापति बनाउन नातिजा मुलक भूमिका खेलेका के.सि लाई खुम बहादुर खड्काले आफ्नो देउवा प्यानलमा अन्तर्घात गरि बिपक्षि प्यानलको सशांक कोइरालालाई महामन्त्री जिताएका थिए | बिगतमा १८ महिना मात्र लाभको पदमा बसेका के.सी पछिल्लो १६ बर्षमा पटक पटक काँग्रेसको सरकार बन्दा पनि सरकारमा नगई पार्टी र संगठनलाई मजबुत बनाउने काममा खटेका थिए | बौद्धिक क्षमतावान, पार्टीमा निरन्तर सक्रियता, त्याग र कुटनैतिक चातुर्यको आधारमा अर्जुन नरसिंह केसीले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीलाई रणनैतिक रूपले अघि लान योग्य मानिएका छन् । संबिधान जारी गर्दा मिति केहि दिन सारेर भए पनि मधेशलाई समेटेर मात्र संबिधान जारी गर्नु पर्छ भनेर माग गरेका के.सी माओबादी केन्द्र-काँग्रेस-मदेशी दलको गठबन्धनमा धेरै रुचाईने निश्चित छ | त्यसैले अर्जुन नरसिंह के.सी लाई यो सरकारमा काँग्रेसबाट नेतृत्व गराउने कुरामा देउवा सकारात्मक मानिन्छ |
यो संगै नेतृत्व गर्नेमा अर्का नेता गोपालमान श्रेष्ठको पनि चर्चा हुने गरिएको छ | तर पार्टीमा प्रभावशाली नरहेका श्रेष्ठले अब बन्ने सरकारमा मन्त्रि पाए पनि सरकारको नेतृत्व गर्ने सम्भावाना नरहेको जानकारहरु बताउछ |
No comments:
Post a Comment