Friday, August 19, 2016

श्रीमान्को कुटाइबाट टेकमाया हस्पिटलमा

जिरी, ३ भदौ, । घरेलु हिंसा न्यूनीकरण गर्न जतिसुकै कार्यक्रम सञ्चालन गरे पनि ग्रामीण क्षेत्रका महिला निरन्तर घरेलु हिंसाको सिकार भइरहेका छन् ।

सहरी क्षेत्रमा घरेलु हिंसासम्बन्धी घटना कम भएको पाइए पनि ग्रामीण बस्तीमा यसको न्यूनीकरण हुन नसक्दा महिला यसको सिकार हुनु बाध्य छन् ।

बिहीबार राति श्रीमान्को कुटाइबाट ५५ वर्षीय टेकमाया कार्की गम्भीर घाइते भएकी छिन् । श्रीमान् उत्तरबहादुर कार्कीले मदिरा सेवान गरी राति टेकमायालाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी हुन् । स्थानीयवासीकाअनुसार दुबैै जनाले मदिरा सेवान गरेका थिए । घरायासी विवाद हुँदा उत्तरबहादुरले श्रीमतीलाई कुटपिट गरेर घाइते बनाएको स्थानीयवासीले बताएका छन् ।

घाइते टेकमायालाई राति नै छिमेकीले उपचारका लागि जिल्ला अस्पताल दोलखामा ल्याएका थिए । टेकमायाको टाउको र अनुहारमा गहिरो चोट लागेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...