Thursday, August 4, 2016

मालिकको बफादार हनुमान म….

image1

अादेश देऊ मालिक :  म देश जलाउँछु,
बालेर हुन्छ या बलेर हुन्छ,
फालेर हुन्छ या ढालेर हुन्छ,
शिरोधार्य तिम्रै आदेश छ,
दिलोज्यान तिम्रै लागि पेश छ,
ढुक्क भएर भन,
म तिम्रै सहारामा देश चलाउँछु

म लोकको परिभाषा बदलिदिन्छु,
मृत्यु मर्नेका लागि हैन,
पर्नेका लागि हो ,
तर म,
मर्नेका लागि शालिक बनाउँछु,
पर्नेलाई त्यहि शालिक हेरेर अधाउन भन्छु,
तिम्रा बिरुद्दका सबै स्वरहरु गलाउँछु,
हे मेरो मालिक,
दिल खोलेर भन,
म तिम्रै आशिषले देश चलाउँछु ।
…..

तिमी नीतिको राज चलाऊ,
म राजलाई वाज बनाउँछु,
दिनलाई रात बनाउँछु,
रातलाई बात बनाउँछु,
तिम्रै पदको धुलो लगाएर,
तिम्रै गुनको उत्सव मनाउँछु,
आफ्ना छलाउँछु, अरु ढलाउँछु,
हात उठाएर भन मेरो मालिक,
तिम्रै ख्वाईसले देश चलाउँछु ,
म त तिम्रो बफादार हनुमान,
जे झर्छ म झारिदिन्छु,
तिम्रै लागि संसार हल्लाउँछु,
ए मेरो मालिक ढुक्क भएर भन:
म आरामले देश चलाउँछु ।
– अमेरिका

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...