Wednesday, August 3, 2016

नेपालीले भारतको बाँध भत्काउँदा राजेन्द्र महतो आक्रोशित (हेर्नुस् भिडियो)

मधेसी मोर्चाका नेता एवं सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले दशगजामा भारतले बाँध बनाउनु स्वभाविक कदम भन्दै त्यसले भएको डुबानलाई राष्ट्रियतासँग जोड्न नहुने बताएका छन् ।

उनले बाँध भत्काउनु गलत भएको भन्दै घुमाउरो भाषामा त्यसको विरोध गरे ।

हिमालय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्- ‘भारतले तटबन्ध बनायो होला, सडक बनायो होला । सडक बनाएपछि पानी त जम्मा भइहाल्छ । डुब्यो ठीक छ नि, पानी पर्न छोडेपछि पानी निकास भइहाल्छ, बन्द भइहाल्छ । भारतको जनताले नेपालको जनतालाई कुट्यो भनेर विज्ञप्ति निकाल्न मिल्छ ? दुई देशको जनता लडाईं गरेको विषयमा विज्ञप्ति निकाल्नुपर्छ भन्ने तपाईंहरुको मानसिकता नै गलत छ ।’

हेर्नुस् भिडियोः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...