Sunday, August 14, 2016

छुरा प्रहार गरी महिलाको हत्या

उर्लाबारी (मोरङ), ३० साउन । मोरङको पथरी शनिश्चरे–१०मा शनिबार बेलुका छुरा प्रहार गरी एक महिलाको हत्या भएको छ ।

पथरी शनिश्चरे–११ का ३१ वर्षीय दिलीप घतानीले छुरा प्रहार गरी पथरी शनिश्चरे–१० बस्ने मुकुन्द कार्कीकी २१ वर्षीया श्रीमती समीक्षा कार्कीको हत्या गरेका हुन् ।

दिउँसो २ बजे घतानीले कार्कीकै घरमा पुगेर छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते भएकी कार्कीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बेलुका मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

घतानीले छुरा प्रहार गर्नुको कारण खुल्न नसकेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । छुरा प्रहार गर्ने घतानीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...