Monday, August 8, 2016

अमेरिकाबाट सिक्नुपर्ने कुरा

Bishnu 1

भन्छन संसारको सबै कुरालाई सिक्न सकिन्छ, सिक्नु भनेको नक्कल गर्नु होईन जीवनलाई जीवित राख्नु हो। अमेरिकामा आफ्नो नयाँ जीवनको खोजीमा पलाएन भएको सिलसिलामा निक्कै लामो बसाईले मलाई यस देशले धेरै कुराहरु सिकाएको महशुस मैले गरेकी छु। जिवनमा जन्मदिनको महत्व कहिल्यै राखिन नयाँ कुरा सिक्ने र नयाँ ठाउँ घुम्ने रहर प्रायजसो सबै मानिसलाई हुन्छ तर थोरैले मात्र यस सपनालाई पुरा गर्छन।

आफू यस धर्तीमा जन्मेको दिनलाई सम्झनु भनेको आफूलाई सम्झनु रहेछ। पार्टि गरेर धुमधामसँग यस दिनलाई नसम्झे पनि कमसेकम केहि नयाँ वा राम्रो कुराको थालनी वा नयाँ ठाउँ घुमेर यसदिनलाई बिशेष दिन बनाउँने सोचले, गत बर्ष यो सिमिटो पानारामा ट्रेकिङ्ग गरेर प्राकृतिक सौन्दर्यसँग जन्मदिन मनाए भने यस पटक अमेरिकाको एक धनाढ्या व्यक्ति विलियम हर्स्टले बनाएको ऎतिहासिक हर्स्ट क्यासलका सुन्दर मानव संरचनाहरुसँग जन्मदिन मनाए।

यसरि नै आफ्नो हरेक जन्मदिनलाई केहि स्मरणलायक काम गर्ने दिनको रुपमा महत्व दिएर आफूलाई सम्झने बिचार गरेकी छु। आमाछोरा मन उमँगका साथ गफ गर्दै सूर्यको किरणको लालिसँगै संघ्रालय पुग्न २४२ माईल ड्राईभ भएकोले बाटोमा ब्लायक बियरमा खाजा खाना पस्यौ। भालूले खाए झैँ खानु (Eat as a bear) यस रेश्टुरेण्ट्को नारा जस्तै सबै स्टाफहरु मोटा र टेबलमा खाना बसेकाहरु पनि सबै मोटा र खाना पनि साच्चै एक भागले हामी जस्तो दुई जनालाई हुने नै थियो।

रमाईलो लाग्यो कस्तो गजबको नौलो तरिका अनि मैले हाँसो गर्दै छोरालाई भने हामीले पनि यसको ठिक उल्टा तरिका गर्न सकिदैन र? अमेरिकनहरु कुनै नौलो कुराको अनुभव लिन अति रुचाउँछन् तर हामी नेपाली नौलो अनुभव गर्न डराउँछौ। मैले पनि पोखराको होटेल शिखरलाई केहि नौलो स्वाद दिने सोचले होटेल दिदी गरे जसले महिलाहरुलाई प्रोत्साहन गर्दै होटेल महिला समुहले संचालन गर्ने र दिदीको भावना र मायाले होटेलको बाताबरण भरिने, ब्लायक बियरबाट आफ्नो सोचलाई अझ बिस्तार गर्ने प्रोत्साहन मिलेको महसुस मैले गरे।

किताबमा पढेको वा सुनेको कुरा हामी भूल्छौ तर पैतालाले टेकेर दुईटा आँखाले हरेको र दुईटा कानले सुनेको कुरा हाम्रो भित्रि मनले थाहा पाउने भएकोले यसको स्मरण दिमागले गर्छ। यस हर्स्ट संघ्रालयको कथा धेरै लामो समयदेखि सुनेता पनि जन्मदिनले मलाई त्यहाँ पुग्न उत्साह दियो। कुनै पनि मानिस आफैमा महान हुदैन उसको कामले उसलाई महान बनाउँछ भने झैँ एक धनि व्यक्तिले आफ्नो सौखले बनाएको महल हेर्न आज बर्षेनी दशलाख पर्यटन हर्स्ट क्यासल आउँछन।

दुईहजार बर्ष पुरानो कलाकृतिदेखि बिभिन्न देशहरुबाट संकलन गरिएको कलाकृतिहरुले महल सजिएको छ। टुरगाईडले महल र विलियम हर्स्टको ईतिहास बताउँदै भमणलाई बडो रोचक बनाउदा रहेछन। महल हेर्न अमेरिकाको बिभिन्न ठाउँदेखि अन्य देशहरुबाट पनि मानिसहरु आएका थिए।

मलाई यस महल र यहाको व्यवस्थापन देखेर आफ्नो देशको अनमोल सम्पदा काठमण्डौको नारायणहिटी दरबार र पाल्पाको रानी दरबारको याद आयो। हामीले नक्कल गर्नु पर्दैन तर पाठ भने सिक्नु पर्छ अनि राम्रो देखासिकी गर्न सक्नु पनि पर्छ भने झैँ हाम्रा यी ऎतिहासिक धरोहर बोकेका दरबारहरुलाई देशदेखि विश्व सामु चिनाउन सक्यौ भने बर्षेनी यहाँ करडौ पर्यटनको घुईचो लाग्नेछ। हामीसँग धनको भण्डार छ तर त्यसको महत्व बुझ्न सकेको छैन। भण्डारको चाबी हराएको छ मैले जन्मदिन भुले जस्तै तर आशा गरौ हामीले छिट्टै आफूलाई चिन्नेछौ मैले जन्मदिन मनाए जस्तै।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...