Sunday, August 7, 2016

कोलोराडोमा लायन्स क्लबको उद्धाटन कार्यक्रम सम्पन्न

DSC_0229अगष्ट ६, २०१६
नेपालीको सकृयतामा कोलोराडोमा गठित हिमालयज लायन्स क्लब लङमन्टको सनिबार एक समारोह बिच उद्धाटन कार्यक्रम सम्पन्न भयो ।

DSC_0058
स्थानीय मेयर डेनीस कुम्ब्स र एन ई ६ का डिष्टक गर्भनर केन नोरले गमलाको फुुलमा पानी हालेर उद्धाटन गरेको कार्यक्रममा लायन्सका ३ जना भुतपूर्व ईन्टरनेसनल डिरेक्टर, ५ जना भुतपूर्व डिष्ट्रक गर्भनर, नेपाल सरकारका प्रतिनिधी लायन्सका ईन्टरनेसनल सल्लाहकार, स्थानीय संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, कलाकार, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

DSC_0072

नेपाल र अमेरिकाको राष्टिय गान गाएर दुबै देशको झण्डाको सलामी पछि सुरु भएको उद्धाटन कार्यक्रममा अतिथी प्रमुख अतिथीहरुले नव गठित लायन्स क्लबको उत्तरोत्तर प्रगतीकोलागी सुभकामना दिएका थिए । यसरी सुभकामना मन्तब्य दिनेहरुमा स्थानीय मेयर डेनिस, एन ई ६ का डिष्टक गर्भनर केन नोर, एमडि ६ का काउन्सिल चेर पर्सन एमडि स्मिथ, नेपाल सरकारका प्रतिनिधी लायन्सका ईन्टरनेसनल सल्लाहकार सुजन श्रेष्ठ रहेका थिए । त्यसै गरि अन्य बक्ताहरुमा लायन्सका भुतपूर्व अन्तराष्ट्रिय डिरेक्टरहरु, हेल्पिङ ह्याण्डका अध्यक्ष नारायण श्रेष्ठ, नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, रकि माउन्टेण्ड फ्रेण्ड् अफ नेपालका महासचिव बिनोद त्रीपाठी, ब्लड डोनर्स अफ अमेरिकाका भुषणलाल श्रेष्ठ लगायतका अतिथीहरु रहेका थिए ।

DSC_0087

डिष्टक गर्भनर केन नोरले क्लबका पदाधिकारी तथा बोर्ड मेन्मरहरुलाई पिन लगाई दिई सदस्यता प्रमाण पत्र बितरण गर्दै आनो जिम्बेवारी पुरागरि कर्म भुमी र जन्म भुमीको सेवामा सदैब अग्रसर रहन आग्रह गरेका थिए । उनले लायन्सको मुख्य काम गरिबी निवारण,बाताबरण संरक्षण,स्वास्थ्य र शिक्षाको क्षेत्रमा एक जुट भएर लाग्न सबैलाई अनुरोध गरे ।

DSC_0073
क्लबका अध्यक्ष जोसन श्रेष्ठको अध्यक्षतामा स्थानीय एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न कार्यक्रमा अध्यक्ष श्रेष्ठले उपस्थित अतिथी, प्रमुख अतिथी सबैलाई स्वागत गरेका थिए भने, द्धितीय अध्यक्ष पुष्पा गुरुङले कार्यक्रममा सहभागी भई कार्यक्रमको सोभा बढाई दिएकोमा धन्यवाद दिएकी थिएन् । कार्यक्रमको संचालन सचिव प्रमोद श्रेष्ठले गरेका थिए ।

DSC_0162

कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय कलाकार जानवी गुरुङ, आस्विनी श्रेष्ठ र ब्रान्डनले स्थानीय ब्याण्ड मार्फत सांगीतीक मनोरञ्जन प्रदान गरेका थिए । सांझ ६ बजे देखी ९ बजे सम्म संचालन भएको कार्यक्रममा लायन्स संग संम्बन्धित धेरै स्थानीय अमेरिकीहरुको उपस्थिती रहेको थियो ।

DSC_0193

DSC_0229 DSC_0206 DSC_0204 DSC_0200 DSC_0194 DSC_0193 DSC_0162 DSC_0152 DSC_0117 DSC_0114 DSC_0087 DSC_0083 DSC_0073 DSC_0072 DSC_0058

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...