आगामी अगस्त २७ र २८ तारिख न्युजर्सीमा हुने गैर आवासीय नेपाली संघ को नवौ क्षेत्रीय सम्मेलनको लागि नेपाल लगायत अन्य मुलुकबाट विशिष्ट व्यक्तिहरु आउने क्रम जारी रहेको अवस्थामा एनआरएन म्यारिल्याण्डको पहलमा एनआरएनबाट “नेपालमा लगानीका सम्भावना, चुनौती र फाइदा ” बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तय गरेको छ l
स्थापना काल देखि नै अत्यन्तै सक्रिय र निकै प्रभावकारी काममा अग्र स्थानमा रहेको एनआरएन म्यारिल्याण्डका अध्यक्ष जेदु पोखरेलले कुरा गर्दै यो हाम्री लागि ठुलो अवसर हो भने l यस्ता विशिष्ट व्यक्तिहरु एकै थलोमा जुटाउन मुस्किल हुने हुनाले हामीले यो मौका पाएको बताए l
कार्यक्रममा एनआरएनका अन्तर्राष्ट्रीय परिषदका अध्यक्ष शेष घले ,महामहिम राजदुत डा. अर्जुन कुमार कार्की,पुर्वमन्त्रीं एवं भारतका लागी नेपाली निबर्तमान राजदुत तथा नेपाली कॉग्रेसका नेता दिपकुमार उपाध्याय, नेपालका बहुर्राष्ट्रिय उद्यमी बिनोद चौधरी, महा वाणीज्यदुत प्रेमराजा महत, एनआरएन अन्तर्राष्टीय परिषदका उपाध्यक्ष द्वय भबन भट्ट ,कुमार पन्त र एनआरएन अमेरिकाका पुर्व अध्यक्ष तथा एनआरएन अन्तर्राष्टीय परिषदका सदस्य खगेन्द्र जीसी सहितका व्यक्तिहरुको सहभागिता हुने छ l
एनआरएन म्यारिल्याण्ड शाखाले सामाजिक संजाल मार्फत डिसी महानगर क्षेत्रका सबै नेपाली समुदायलाई उपस्थितीको लागी अनुरोध गरेको छ l स्मरण रहोस म्यारिल्याण्ड शाखाको बिशेष पहलमा गत केहि महिना अगाडी सवारी चालक अनुमतिपत्र प्राप्त गर्न नेपालीहरुले नेपाली भाषामा जाँच दिन पाउने गराएको थियो l
म्यारिल्याण्ड राज्यको सवारी साधन प्रसाशन (मोटर भेहिकल एडमिनिस्ट्रेसन) मा लिखित परीक्षाको जाँच पनि नेपाली भाषामा दिन पाइनुको साथै निर्देशन पुस्तिका समेत नेपाली भाषामा उपलब्ध गराउने घोषणा गरेको थियो l आगामी अक्टोबर ३ तारिख ,सोमबार देखि उक्त परीक्षा नेपालीमा दिन पाइने भएको छ l
सम्भवत अमेरिकामा यसरि नेपाली भाषामा सवारी चालक अनुमतिपत्र लिन नेपाली भाषा मै दिन पाइने यो पहिलो राज्य बन्न पुगेको हो l नेपाल स्याङ्गजा घर भै झन्डै एक दशक देखि अमेरिकाको म्यारिल्याण्डमा बस्दै आएका समाज सेवी जेदु पोखरेलले यस अघि एनआरएन म्यारिल्याण्डको तर्फबाट निकै महत्वाकांक्षी कार्यक्रमहरु सम्पन्न गरि सकेका छन् ।
कार्यक्रम:-
मिती:- २५ अगस्त, २०१६ (बिहिबार)
स्थान :- नेपाल हाउस ( 920 N Charles street, Baltimore MD 21201 )
समय:-सॉझ ठिक ६ बजे (6:00PM)
(डिनरको निःशुल्क ब्यबस्था गरिएको छ ।)
उक्त कार्यक्रममा Baltiomre Athletic club, तथा Baltimore volleyball Team का बिजेता तथा मार्सलआर्टमा स्वर्णपदक बिजेता खेलाडीहरुलीई सम्मान गरिने कार्यक्रमसमेत रहेको बारे यहॉहरुलाई जानकारी गराईन्छ।
धन्यबाद ।
जेदु पोखरेल
अध्यक्ष
तथा एनआरएन मेरिल्यान्ड च्याप्टर परिवार ।
सम्पर्क:-
जेदु पोखरेल 443 4130439
बिनोद उप्रेती (443) 610-9118
अर्जुन हमाल (443) 682-4941
महेश भट्टराई (410) 300-7935
सरोज पुरी (443) 799-0529
अशोक केसी (347) 599-5692
दिपा शर्मा (410) 814-1286
प्रवीण भण्डारी (443) 713-8672
राजन घिमिरे (443) 743-5113
No comments:
Post a Comment