Tuesday, August 2, 2016

कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच तीन बुँदे सहमति

Congress-mao-morcha-meeting-650x379काठमाडौँ, १८ साउन । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठन लगायत विषयमा तीनबुँदे सहमति भएको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको संयुक्त बैठकले मोर्चाले उठाउँदै आएका मागको तत्काल सम्बोधन गर्ने, संविधान संशोधन सहमतिका आधारमा गर्ने र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सघाउने विषयमा निर्णय गरेको काँग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो ।

तीन पक्षका बीचमा भएको सहमति केही बेरमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...