अमेरिका मेरिल्याड तथा पेन्सेलभेनिया का लागि नेपाल सरकारका महा वाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेम राजा महतले प्रसिद्ध गायक खेम राज गूरूगको असामयिक निधन प्रति गहिरो दूख व्यक्त गर्दै समवेदना प्रकट गर्नु भएको छ l
४२ बर्ष को अल्प आयुमा सदाको लागि हामी सबैलाई छोडेर गएका वारी जमुना पारी पारि जमुना गित बाट शिखरमा पुगेका गायक खेम राज गूरूगको दुखत समाचारले आस्चर्य भएको बताउनु भएको छ lआफु पनि लोक गायक भएकोले नेपालमा ५ -६ बर्ष अगाडी भेटेको सम्झंदा गदै एउटा होनहार कलाकारले यतो चाडो संसार त्याग्दा अत्यन्तै दुख लागेको बताउनु भयो l
वहा गए पनि अझ कृतिहरु हामी संग छ भन्दै आफु एउटा कार्यक्रममा जान लागेको भए पनि जान मन मरेको बताउनु भयो l यस दुखद घडीमा समबेदना गर्दै आफुले केहि सहयोग गर्न पनि तयार रहेको बताउनु भयो l
आगामी दिनमा वहाका बाबुआमा तथा छोराछोरीलाई समेत भेट्ने ईक्षा प्रकट गर्दै यस दुखत घडीमा शोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने संदेश दिन चाहेको बताउनु भयो l
No comments:
Post a Comment